आइपिएलका लागि लामिछाने भारत जाने

१२ चैत्र २०७४, सोमबार २३:३१ मा प्रकाशित

काठमाडौँ, १२ चैत । विश्व क्रिकेटको सबैभन्दा ठूलो एव ंव्यावसायिक प्रतियोगिता मानिएको इण्डियन प्रिमियर लिग (आइपिएल ) खेल्न राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने मङ्गलबार त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ ।

दिल्ली डेयरडेभिल्स क्लबमा आबद्व १७ वर्षीय लेग स्पिनर लामिछाने नेपाली क्रिकेट इतिहासमा आइपिएल खेल्ने पहिलो नेपाली हुनुहुन्छ । उहाँलाई दिल्ली डेयरडेभिल्सले २० लाख भारतीय रुपियाँमा खरिद गरेको थियो । भारत जानुअघि आज आयोजित पत्रकार सम्मेलनमा लामिछानेले आइपिएलमा नेपालका तर्फबाट सहभागी हुन पाउँदा खुशी लागेको प्रतियोगिता राष्ट्रियभन्दा फरक हुने भएकाले यसलाई अवसरका रुपमा लिएको बताउनुभयो ।

क्रिकेटर लामिछानेले आफ्ना लागि नयाँ प्रतियोगिता भएकाले पनि यस प्रतियोगिताबाट सिकेको ज्ञानलाई नेपाली क्रिकेटमा लागु गरिने जानकारी दिनुभयो । आइपिएल आगामी अप्रिल ७ देखि मे २७ तारिखसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । देशकै पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता खुकुरी नेपाल सुपर लिग (एनएसएल)को पहिलो सिजनको फाइनलमा शनिबार धनगढी एफसी र काठमाडौं

मड्रिड । स्पेनिस लिग फुटबलमा गएराति रियाल मड्रिड र भियारियाल विजयी भएका छन् । उपाधि होडमा रहेको रियाल मड्रिडले ग्रानाडालाई

स्पेनिस ला लिगा फुटबलको बार्सिलोना लेभान्तेसंग बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा लेभान्तेसँग बार्सिलोना ३ –३ को बराबरीम रोकिएको

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले पुनरागमन जित निकालेको छ । गएराति भएको खेलमा युनाईटेडले १० खेलाडीमा सिमित