एमाले-माओवादी केन्द्र एकता आगामी साता

११ चैत्र २०७४, आईतवार ००:०२ मा प्रकाशित

काठमाडौँ, १० चैत । नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) बीचको पार्टी एकतालाई प्रधानमन्त्रीको भारत भ्रमण अगावै टुंग्याउने गरी आवश्यक तयारी गरिएको छ ।

दुवै पार्टीले पार्टी एकतालाई अन्तिम टुंगो लगाउने गरी आन्तरिक तथा दुई पक्षीय तयारीलाई तीव्र पारेका छन् । सकेसम्म प्रधानमन्त्रीको भारत भ्रमण अगावै पार्टी एकतालाई निष्कर्षमा पुर्याउने गरी तयारी थालिएको छ ।

नेकपा (माओवादी केन्द्र)को आज बसेको केन्द्रीय कार्यालयको बैठकले पनि चैत महिनाभित्रै पार्टी एकतालाई तार्किक निष्कर्षमा पु¥याउने गरी आवश्यक तयारी थाल्ने निर्णय गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा आज बसेको बैठकले केही दिनभित्रै एकता संयोजन समितिको बैठक बस्ने र एकता प्रक्रियालाई निष्कर्षमा पुर्याउने निर्णयसमेत गरेको छ ।

माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य मणि थापाले पार्टी एकतालाई चाँडै टुंग्याउने गरी दुवै पार्टीले गृहकार्य अगाडि बढाएको जानकारी दिनुभयो । उहाँले आगामी साता एकता प्रक्रियालाई अन्तिम रुप दिने गरी छलफल अगाडि बढाइएको र सोहीअनुसार प्राविधिक एवं सैद्धान्तिक पाटोलाई अन्तिम चरणमा पुर्याएको बताए ।

एमाले र माओवादी केन्द्रले नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको वैशाख १० गतेका दिन पार्टी एकता घोषणा गर्ने बताउँदै आएका थिए । तर सो समयसीमा भन्दा अगावै पार्टी एकता गर्ने गरी तयारी गरिएको छ ।

माओवादी केन्द्रको प्रदेश इन्चार्ज हेरफेर

माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठकले प्रदेश इन्चार्जको जिम्मेवारी हेरफेर गरेको छ ।

नयाँ जिम्मेवारीअनुसार प्रदेश १ मा राम कार्की, प्रदेश २ मा विश्वनाथ साह, प्रदेश ३ मा हितमान शाक्य, प्रदेश ४ मा हितराज पाण्डे, प्रदेश नं ५ मा मणि थापा, प्रदेश नं ६ मा जनार्दन शर्मा र प्रदेश नं ७ मा लेखराज भट्टलाई जिम्मेवारी तोकिएको छ ।

प्रदेश नं १ का इन्चार्ज गोपाल किराँतीले पार्टी छोडेको, प्रदेश नं २ का मातृकाप्रसाद यादव, प्रदेश नं ५ का वर्षमान पुन र प्रदेश नं ६ का शक्ति बस्नेत मन्त्री बनेको र प्रदेश नं ४ का देवप्रसाद गुरुङ संसदीय दलको प्रमुख सचेतक बनेका कारण जिम्मेवारीमा हेरफेर गरिएको माओवादी केन्द्रले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशका सबै अस्पतालहरुमा क्षमता अनुसारको अक्सिजन प्लान्ट राखिने बताउनुभएको छ । उहाँले प्लान्ट

काठमाडौं । आज मदन-आश्रित स्मृति दिवस । २८ वर्ष अगाडि जेठ ३ गते भएको दासढुङ्गा दुर्घटनामा नेपाली कम्युनिष्ट आन्दोलनका अग्रजहरु

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ बदर गर्न माग गरेको छ । जसपा नेपालका

कोराना रोकथाम तथा नियन्त्रण गर्न नलगाड नगरपालिका–८ हल्चौरमा देवीलाई बलि ( बोका) चढाइएको छ । शनिबार दिउँसो गाउँलेहरु जम्मा भएर