काउन्सिलद्वारा युरोपियन युनियनलाई प्रतिवेदन फिर्ता लिन आग्रह

१० चैत्र २०७४, शनिबार २३:४८ मा प्रकाशित

काठमाडौँ, १० चैत । प्रेस काउन्सिल नेपालले युरोपियन युनियन निर्वाचन पर्यवेक्षण मिसन, २०१७ ले जारी गरेको प्रतिनिधि तथा प्रदेशसभामा निर्वाचनको प्रतिवेदनमा काउन्सिलबारे नकारात्मक कुरा उल्लेख गरेकोप्रति आपत्ति जनाएको छ ।

आज बसेको काउन्सिलको बैठकले निर्वाचनका बेला सञ्चारमाध्यमको अनुगमन गर्ने वैधानिक निकाय काउन्सिलमात्र भएको भन्दै युरोपियन युनियनको प्रतिवेदनलाई अनधिकृत र आपत्तिजनक भनिएको काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले बताउनुभयो ।

बैठकले निर्वाचन पर्यवेक्षकका रुपमा जारी गरिएको प्रतिवेदनसमेत फिर्ता लिन युरोपियन युनियनलाई आग्रहसमेत गरेको छ ।

काउन्सिलजस्तो संस्थाले आमसञ्चारमाध्यमको क्षेत्रमा कर्तव्य र जिम्मेवारी निर्वाह गर्न कमजोर र अप्रभावशाली देखिन्छ भन्ने कुरा प्रतिवेदनमा युरोपियन युनियनले उल्लेख गरेको छ ।

बैठकले काउन्सिलबाहेक सञ्चारमाध्यमको निर्वाचनको समयमा आचारसंहिता अनुगमन गर्ने अधिकार कसैलाई पनि नभएको भन्दै युरोपियन युनियनले नेपाली सञ्चारमाध्यमको अनुगमन गरी प्रतिवेदनसमेत सार्वजनिक गर्नु गैरकानूनी र अधिकार क्षेत्रको हस्तक्षेपका साथै नेपालको स्वतन्त्रता र सार्वभौमसत्तामाथिको हस्तक्षेप गरेको कार्यवाहक अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

युरोपियन युनियनलाई नेपाल र नेपाली जनताको स्वतन्त्रता र स्वाभिमानमाथि हस्तक्षेप नगर्न आग्रह गर्दै बैठकले जातीय तथा साम्प्रदायिकता भड्काउने र काउन्सिलका पदाधिकारीलाई राजनीतिक दलसँग जोड्ने युरोपियन युनियनको कार्यप्रति काउन्सिलले आपति जनाएको छ । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा गत २४ घण्टामा ७३६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १९ हजार ५ सय ३९

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सफतविरुद्ध सर्वोच्चमा रिट पेश भएको छ । प्रधानमन्त्री ओलीलाई शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले ओमानको मस्कटबाट ५६० थान अक्सिजन सिलिण्डर ल्याएको छ । गैरआवासीय नेपाली

काठमाडौं । नेपाल पत्रकार महासंघ च्यानल नेपाल शाखाका अध्यक्ष शान्तिराम कार्कीको कोरोना संक्रमणबाट निधन भएको छ । दुई सातादेखि काठमाडौंको