भल्गर बोलेर गल्ती गरें – सविना कार्की

३ श्रावण २०६९, बुधबार १९:५५ मा प्रकाशित

हुन त सविना कार्की चलचित्र दुलही रानीबाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी हुन्। तर, उनको चर्चा भने चलचित्र एटीएमबाट बढी भयो। अश्लील र विकृतिजन्य चलचित्रको रूपमा प्रचार पाएको एटीएमको एक पात्र हुन् सविना। देशदेखि विदेशसम्मका नेपाली चलचित्रपे्रमीले यो चलचित्र र यसमा आबद्ध कलाकर्मी एवम् प्राविधिकहरूको आलोचना हुन थालेपछि यतिबेला सविना पनि बेकारमा यस्तो फिल्म खेलिएछ भन्न थालेकी छिन्।
० दुलही रानीजस्तो नेपालीपनको चलचित्र खेलेको मान्छे किन एटीएमजस्तो भद्दा
फिल्म खेलेको?
– त्यो चलचित्रको यस्तो गलत प्रभाव पर्ला भन्ने नै सोचिएन त्यतिबेला।
० किन र? कथा पढिएन पहिले?
– कथामा त त्यस्तो केही थिएन। आधुनिक चलचित्र भनियो। तर, आधुनिक पनि त्यस्तो आधुनिक होलाजस्तो लागेन।
० त्यस्ता भद्दा संवाद बोल्न असजिलो लागेन?
– केटी–केटी झगडा हुँदा त्यस्तो संवाद बोलियो तर अन्ततः त्यस्तो संवाद नै गलाको पासो भयो।
० के–कस्ता प्रतिक्रिया आए त?
– एटीएमको प्रोमो बजारमा आएपछि स्याबास भन्ने त कोही पनि भेटिएनन्। साथीभाइ र आफन्त सबैबाट छीःछीः मात्र भयो।
० निर्माताहरू किन बनाउँछन् यस्ता फिल्म?
– सस्तो चर्चा र दाम बढी कमाइएला भन्ने सोचेर।
० कुरा हो रहेछ त?
– त्यस्तो सोच गलत रहेछ। अब फिल्म पनि रिलिज नहुने भयो अनि बद्नाम पनि भइयो। अब हेर्नुस् त हामीजस्ता नयाँ कलाकारहरूको विजोग।
० भनेपछि गल्ती गरेँजस्तो लागेको छैन?
– किन नहुनु? ठूलै गल्ती गरेँछु। अब यो कालो दाग मेटाउन निकै कोसिस गर्नुपर्छ। जोसमा होस नपुर्‍याउँदा अहिले पछुताइरहेकी छु।
० एटीएममा आफूसँगै खेल्ने अरू कलाकारलाई के भन्ने इच्छा त छ?
– म अरूको बारेमा भन्न सक्दिनँ। म मेरोबारेमा भन्छु कि मैले गल्ती गरेँ।
० त्यस्तो फिल्ममा केका लागि काम गरिएको थियो। नाम या दाम?
– हामी नयाँ कलाकार हौँ। त्यसैले अवसरका लागि सदा खोजीमा हुन्छौँ हामी। अवसर पनि यस्तो पाइयो कि क्यारियर नै डुब्ने अवसर हात लाग्यो। के थाहा यस्तो होला भनेर।
० अब के छ नि नयाँ योजना?
– केही नयाँ फिल्म खेल्दै छु। तर एटीएम जस्तो होइन। करोडौँ दिए पनि यस्तो
फिल्म खेल्दिनँ अब।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नायिका गरिमा पन्त आमा बन्ने भएकीछन् । पन्तले समाजिक सञ्जालमा फाटो राख्दै आफु आमा बन्न लागेको जानकारी गराएकी

बलिउड । लण्डनमा आयोजना भएको ‘बाफ्टा अवार्ड २०२१’मा सहभागी नायिका प्रियंका चोपडाले लगाएको पहिरनबारे सोसल मिडियामा निकै चर्चा भएको छ

काठमाडौँ । केहि महिना अघि ‘माझी दाई’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका गायक भिम श्रेष्ठले आफ्नो बिल्कुलै नयाँ गीत ‘ओ

काठमाडौँ । ‘स्टार अफ द मिलिनियम २०२१’ छानौट हुने भएको छ । जसका लागि २० प्रतियोगी छनौट समेत छानिएका छन्