गैर आवासिय नेपालीको मताधिकार सुनिश्चित गर: सर्वोच्च अदालत

९ चैत्र २०७४, शुक्रबार ०६:१८ मा प्रकाशित

काठमाडौं, ८ चैत । सर्वोच्च अदालतले गैर आवासिय नेपाली नागरिकहरुलाई कार्यरत रहेको देशबाटै मतदान गर्ने व्यवस्था गर्न निर्देशनात्मक आदेश जारी गरेको छ ।

न्यायाधीश सपना मल्ल प्रधान र पुरुषोत्तम भण्डारीको इजलासले गैर आवासिय नेपाली नागरिकहरुलाई कार्यरत रहेको देशबाटै मतदान गर्ने व्यवस्था गर्न निर्देशनात्मक आदेश जारी गरेको हो ।

मतदान गर्न पाउने अधिकार सुनिश्चित गर्न र त्यसका लागि आवश्यक तयारी गर्न सरकार र निर्वाचन आयोगका नाउँमा निर्देशनात्मक आदेश जारी गरेको सर्वोच्च स्रोतले पुष्टि गरेको छ । यद्यपि सर्वोच्चले जारी गरेको आदेशको पूर्ण पाठ सार्वजनिक भएको छैन ।

गैर आवासिय नेपाली नागरिकहरुलाई कार्यरत रहेको देशबाटै मतदान गर्ने हक सुनिश्चित गर्न माग गर्दै ‘सामाजिक न्यायका लागि कानुन नीति नियम मञ्च’ले १४ वैशाख २०७३ मै सर्वोच्च अदालतमा रिट दायर गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्

काठमाडौं । प्रतिसिलिन्डर ४ सय रुपैयाँमा किनेको अक्सिजनलाई कतिसम्ममा बेच्न पाइन्छ ? कालोबजारीसम्बन्धी ऐनले २० प्रतिशतसम्म नाफा लिन छुट दिन्छ।

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ८ हजार ५ सय २० जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २ सय