यौन सृष्टिको देन हो: गायक रामकृष्ण ढकाल

३ श्रावण २०६९, बुधबार १९:४२ मा प्रकाशित

गायक रामकृष्ण ढकाललाई चिनाउन लामो परिचयको आवश्यकता छैन। नाम र उनको कर्म नै परिचय भइसकेको छ। आधुनिक गायनका सिद्धहस्त गायक ढकाल यतिबेला विश्वविख्यात भारतीय गायिका लत्ता मंगेश्करसँग युगल गीत गाएपछि चर्चाको चुलीमा पुगेका छन्। जुन एल्बम 145बाँचुन्जेल146 बजारमा अब चाँडै आउँदै छ। नेपाली गायन फाँटमा सभ्य, शालीन र भद्र गायकको पहिचान बनाएका ढकालको भोगाइमा जीवन र जगत् के हो? तपाईंको दृष्टिमाका लागि राजन घिमिरेले गायक ढकालसँग गरेको कुराकानी।

० जीवन के हो?
– सङ्घर्ष
० प्रेम के हो?
– अनुभूति
० सुन्दरता के हो?
– हेराइ
० मन के हो?
– मानिसको कमजोर पक्ष
० भावना के हो?
– अन्तरमन
० विवाह के हो?
– सम्झौता
० बन्धन के हो?
– गुम्सिनु
० अपमान के हो?
– चुनाती
० इज्जत के हो?
– प्रतिष्ठा
० बेइज्जती के हो?
– मनोबल गिर्नु
० मिलन के हो?
– सुखद क्षण
० विछोड के हो?
– पीडा
० जवानी के हो?
– जोश
० बालापन के हो?
– जीवनको सुन्दर क्षण
० तृष्णा के हो?
– प्यास
० रिस के हो?
– विनाश
० जोस के हो?
– आत्मविश्वास
० नसा के हो?
– बानी
० यौन के हो?
– सृष्टिको देन
० सन्तुष्टि के हो?
– समाप्ति
० कर्तव्य के हो?
– जिम्मेवारी
० विश्वास के हो?
– कमाइ
० असल के हो?
– विचार
० खराब के हो?
– धोका
० सबैभन्दा ठूलो धोका के हो?
– आफूलाई ढाँट्नु
० दुःख के हो?
– जीवनको पाटो
० सुख के हो?
– खुसी
० खुसी के हो?
– शान्ति
० आनन्द केमा छ?
– मनको खुसीमा
० मित्र को हो?
– दुःखको साथी
० शत्रु को हो?
– सजगता
० सङ्घर्ष के हो?
– जीवन
० प्राप्ति के हो?
– उद्देश्य
० आस्था के हो?
– मान्यता
० धर्म के हो?
– आस्था
० नैतिकता के हो?
– संस्कार
० चरित्र के हो?
– सम्पत्ति
० ज्ञान के हो?
– सबैभन्दा ठूलो धन
० बुद्धि के हो?
– विकासको बाटो
० सम्झौता के हो?
– गर्नैपर्ने कुरा
० सृष्टि के हो?
– सिर्जना
० गुरु को हो?
– आदर्श
० राजनीति के हो?
– व्यावहारिकता
० देश के हो?
– पहिचान
० समाज के हो?
– परिवार
० पद के हो?
– प्रतिष्ठा जिम्मेवारी
० विकास के हो?
– उन्नति
० व्यापार के हो?
– आत्मनिर्भरता
० अनुशासन के हो?
– व्यक्तिको पहिचान

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । केहि महिना अघि ‘माझी दाई’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका गायक भिम श्रेष्ठले आफ्नो बिल्कुलै नयाँ गीत ‘ओ

काठमाडौं । नायिका गरिमा पन्त आमा बन्ने भएकीछन् । पन्तले समाजिक सञ्जालमा फाटो राख्दै आफु आमा बन्न लागेको जानकारी गराएकी

बलिउड । लण्डनमा आयोजना भएको ‘बाफ्टा अवार्ड २०२१’मा सहभागी नायिका प्रियंका चोपडाले लगाएको पहिरनबारे सोसल मिडियामा निकै चर्चा भएको छ

काठमाडौँ । केहि महिना अघि ‘माझी दाई’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका गायक भिम श्रेष्ठले आफ्नो बिल्कुलै नयाँ गीत ‘ओ