राजेश खन्ना रहेनन्

३ श्रावण २०६९, बुधबार १९:४१ मा प्रकाशित


मुम्बई , ३ साउन । बलिउडको नामले चिनिने मुम्बई फिल्म इन्डस्ट्रीमा सुपरस्टारडम सुरु हुंदा पहिलो सुपरस्टारको पहिचान बनाउन सफल बलिवुड अभिनेता राजेश खन्नको ७० वर्षको उमेरमा आज निधन भएको छ । केही समय यता गम्भीर बिरामी रहेका खन्ना पटक–पटक अस्पताल भर्ना हुंदै आएका थिए भने स्वास्थ्यावस्था सुध्रिएको भन्दै गत मंगलबार मात्रै लिलावती अस्पतालबाट उनलाई डिस्चार्ज गरिएको थियो ।
सन् १९६६ मा पहिलोपटक पर्दामा देखिएका राजेश खन्ना २९ डिसेम्बर १९४२ मा अमृतसरमा जन्मिएका हुन् भने उनको वास्तविक नाम जतिन खान हो । आराधना फिल्मबाट चम्किएका राजेशका आराधना, अमर प्रेम, सफर, कटी पतंग, आनन्दलगायतका फिल्म अध्याधिक चर्चित छन् । बलिवुडकै चर्चित नायिका डिम्पल कापडिया राजेशकी पत्नी हुन् भने हालका सुपरस्टार अक्षयकुमार राजेशका ज्वाइं हुन् । भारतीय कांग्रेस आईका तर्फबाट सांसद समेत बनेका खन्ना जीवनको उत्तरार्धमा सिनेमामा त्यति सक्रिय थिएनन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

भारतीय रियालिटी शो बिग बोसको सिजन ५ मा देखिएकी पूजा मिश्राले बलिउड अभिनेता शत्रुघ्न सिन्हा र उनको परिवारमाथि गम्भीर आरोप

काठमाडौंँ । बलिउड गायिका आस्था गिलले काठमाडौंँ बासी नचाउने भएकी छन् । उनले शनिबार अर्थात वैशाख २४ गते (मे ७

काठमाडौं । अभिनेता भुवन केसी र अभिनेत्री श्वेता खड्का कांग्रेसमा प्रवेश गरेका छन् । आज (मंगलबार) प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित

काठमाडौं । विवाहको एक सातामै अभिनेत्री केकी अधिकारी अमेरिका उडेकी छन् । तर उनको अमेरिकामा यात्रामा पति रोहित तिवारी भने

आजको प्रमुख समाचार