सिद्धान्तको राजनीति छोडे अधिकार प्राप्तिको आन्दोलन कमजोर हुन्छः पौडेल

३ श्रावण २०६९, बुधबार १७:५४ मा प्रकाशित

 काठमाडाँै, ३ साउन । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले जनताको हकअधिकार सुनिश्चित गर्ने अभियानमा सिद्धान्तको राजनीतिलाई गौण बनाउन नहुने बताउनुभएको छ ।

नेपाल महिला सङ्घद्वारा राजधानीमा आयोजित नेतृत्व विकास प्रशिक्षण कार्यक्रममा उपसभापति पौडेलले समानता, स्वतन्त्रता, भातृत्व जस्ता मूल राजनीतिक सिद्धान्तलाई गौण बनाई सबैले आ–आफ्नो जातीय कुरामात्र उठाए   अधिकार प्राप्तिको लडाइँ कमजोर हुने बताउनुभयो ।

उपभासपति पौडेलले भन्नुभयो, “पहिचान, प्रतिनिधित्व, पहुँच र प्रगतिले नै सामाजिक रूपान्तरण गर्छ । सामाजिक रूपान्तरण सुनिश्चितताका लागि   प्रजातान्त्रिक समाजवादले ठाउँ पाउनुपर्छ ।”

उहाँले सङ्घीयताको लागि बहुजातीय, बहुसाँस्कृतिक, बहुधार्मिक बहुभाषिक र बहुविचारको मान्यतालाई स्वीकारिनुपर्ने बताउँदै एनेकपा (माओवादी) बहुलवादकोे दर्शनसँग आफूहरु मिल्न नसक्ने भन्दै पन्छिने गरेको आरोप लगाउनुभयो ।

“एनेकपा माओवादी समाजको रूपान्तरण हैन कि सत्तामा टिकिरहने मात्र चाहन्छ । उसले समाज बदल्ने नारालाई सत्तामा चढ्ने भ¥्याङ मात्र बनाइआएको छ”, उपभासपति पौडेलले भन्नुभयो ।

उहाँले महिला, आदिवासी, जनजाति, अल्पसङ्ख्यक र पिछडिएका वर्गको हितका लागि लोकतान्त्रिक वातावरण अपरिहार्य रहेको बताउँदै संसदीय राजनीतिले नै समावेशीतालाई प्रोत्साहन दिने हुँदा समाजका पिछडिएका वर्गको हित पनि त्यसैमा निर्भर छ भन्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले नवनियुक्त मन्त्रीहरु विजय

काठमाडौं । कोरोना भाइरसको दोस्रो लहर नेपालमा महामारीकै रुपमा फैलिन थालेको छ । सोमबार १२सय ८२ नयाँ संक्रमित थपिएका छन्

काठमाडौँ । सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने भएको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नयाँ भेरियन्ट

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल