नेदरल्याण्ड्ससँग नेपाल ४५ रनले पराजित

३ चैत्र २०७४, शनिबार २३:०० मा प्रकाशित

काठमाडौँं, ३ चैत । विश्वकप छनोटको सातौं स्थानको प्ले अफमा नेपाल नेदरल्याण्ड्ससँग ४५ रनले पराजित भएको छ । नेदरल्यान्ड्सले प्रस्तुत गरेको १९० रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ४४.४ ओभरमा सबै विकेट गुमाउँदै १४४ रन मात्र जोड्न सक्यो ।

नेपालका लागि सोमपाल कामीले ३६, कप्तान पारस खड्काले २२, दिपेन्द्रसिंह ऐरीले २५, करण केसीले १३ र सन्दिप लामिछानेले १४ रन जोड्नुबाहेक अन्य पाँच खेलाडीले दोहोरो अंकसमेत जोड्न सकेनन् ।

ओपनर ज्ञानेन्द्र मल्ल चार रनमा आउट हुँदा अर्को ओपनर अनिल साहले पनि मात्र आठ रन जोड्न सके भने शक्ति गौचन र रोहित पौडेल शून्यमै आउट भए । त्यस्तै, आरिफ शेखले पाँच र ललित राजवंशीले २ रन जोडे ।

नेपाललाई सस्तैमा समेट्ने क्रममा नेदरल्यान्ड्सका रोलफ भानडर मर्व एक्लैले ४ विकेट लिएका थिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको नेदरल्याण्ड्सले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर १८९ रन बनाएको थियो ।

नेदरल्यान्ड्सलाई मध्यम स्कोरमा समेट्ने क्रममा नेपालका लागि सोमपाल कामीले ४ विकेट लिए भने ललितनारायण राजवंशी र सन्दिप लामिछानेले समान दुई÷दुई र शक्ति गौचनले एक विकेट लिए ।

एकदिवसीय मान्यता पाइसकेको नेपालका लागि आजको खेल प्रतिष्ठाको लडाइँ मात्र हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

लन्डन । इंग्लीश प्रिमियर लिग फुटबलमा एभर्टनले साउथह्याम्पटनलाई १–० ले हराएको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा एभर्टनलाई विजयी

लन्डन । इंग्लीश प्रिमियर लिग फुटबलमा गएराति लिभरपुल, आर्सनल र टोटनह्याम हट्सपर विजयी भएका छन् । शिर्ष क्लबहरु चेल्सी र

म्याड्रिड । स्पेनिस लिग फुटबलमा उपाधि दाबेदार बार्सिलोनाले सेभियालाई २–० ले हराएको छ । सेभियाको मैदानमा बार्सिलोनालाई जित दिलाउन कप्तान

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल) खेल्न हिजो शनिबार त्यसतर्फ उड्नुभएको छ