रसियाद्वारा २३ जना ब्रिटिश कूटनीतिज्ञलाई निष्कासन

३ चैत्र २०७४, शनिबार २२:५७ मा प्रकाशित

मस्को, ३ चैत । पूर्व रसियाली गुप्तचरमाथि भएको हमलालाई लिएर तनाव चुलिरहँदा रसियाले २३ जना ब्रिटिश कूटनीतिज्ञलाई निष्कासन गरेको शनिबार रसियाली विदेश मन्त्रालयले जनाएको छ ।

रसियाले उही विवादका कारण रसियास्थित एक बेलायती महाबाणिज्यदूतावासलाई पनि बन्द गर्न निर्देशन दिने निर्णय गरेकोे छ ।

विदेश मन्त्रालयको यो निर्णय सम्भवत आइतबार हुने रसियाली राष्ट्रपतिको निर्वाचनपछि मार्च १८ गते रसियाली शक्तिशाली नेता भ्लादिमिर पुटिनलाई कार्यान्वयनका लागि अनुमोदन गर्न पेश हुनेछ ।

रसियाका लागि बेलायती राजदूत लौरी ब्रिस्टोसँग भएको कूटनीतिक वार्तापछि रसियाली विदेश मन्त्रालयले मस्कोस्थित बेलायतको दूतावासका कूटनीतिक कर्मचारीलाई आफ्नो मुलुकमा प्रवेश गर्न वा रहन प्रतिबन्धित विदेशी व्यक्तिका रुपमा घोषणा गरिएको जानकारी गराएको हो ।

रसियाली विदेश मन्त्रालयद्वारा जारी वक्तव्यमा भनिएको छ, “पूर्व रसियाली गुप्तचरमाथि भएको हमलालाई लिएर तनाव बढेपछि बेलायती कूटनीतिज्ञलाई निष्कासन गर्ने निर्णय गरेको छ । उनीहरूले एक साताभित्र रसियाबाट बाहिरिनु पर्नेछ ।”

मार्च ४ मा पूर्व रसियाली गुप्तचरमाथि भएको हमलामा रसियाको संलग्नता रहेको बेलायत सरकारले आरोप लगाएको छ । यसअघि बेलायतले पनि २३ रुसी कूटनीतिज्ञलाई निष्कासन गर्ने निर्णय गरेको थियो ।

पछिल्लो विवादको केन्द्रविन्दु अर्थात् हमलामा घाइते भएका पूर्व रुसी गुप्तचर सेर्गेइ स्क्रिपाल र उहाँकी छोरी युलिया अहिले पनि अस्पतालमा उपचार गराइरहनु भएको छ । उहाँहरूको अवस्था अझै पनि गम्भीर रहेको बताइएको छ ।

यसैबीच बेलायतले रसियाद्वारा यस किसिमको निर्णय आउने विश्वास गरेको बताउँदै तुरुन्तै (अर्काे हप्ताको शुरुमा नै) बेलायतको राष्ट्रिय सुरक्षा परिषद्को बैठक बस्ने र आगामी कदमबारे निर्णय लिने बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

यंगुन । म्यान्मारमा हिजो बुधवार सैनिक कू विरुद्ध प्रदर्शनमा उत्रिएका ३८ जनाको मृत्यु भएको छ । घटनालाई संयुक्त राष्ट्रसंघले सेनाले

बेइजिङ । शेयर बजारमा उछाल आएसँगै चीनमा गत वर्ष सन् २०२० मा २०० भन्दा बढी नयाँ अर्बपति थपिएका छन् ।

मस्को । संयुक्त राष्ट्रसंघले रुसी बिपक्षी नेता अलेक्सी नाभाल्नीलाई बिष सेवन गराईएको बिषयमा छानविन गर्न माग गरेको छ । संयुक्त

यांगुन । म्यानमारमा सैन्य शासनको विरोधमा भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर एकै दिन १८ जनाको मृत्यु भएको छ ।