ग्रामिण तथा नविकरणीय उर्जाको लागी नर्वेको सहयोग

३ श्रावण २०६९, बुधबार १७:४४ मा प्रकाशित

काठमाडौँ, ३ साउन । नर्वे सरकारले राष्ट्रिय ग्रामीण तथा नवीकरणीय ऊर्जा कार्यक्रमका लागि रु दुई अर्ब ३४ करोड अनुदान सहयोग दिने भएको छ ।     वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत कार्यान्वयन गरिने सो कार्यक्रमको उद्देश्य परम्परागत ऊर्जाको निर्भरता कम गराई दिगो विकासका लागि ग्रामीणक्षेत्रका महिला र पुरुषको आर्थिक तथा सामाजिक जीवनस्तर, रोजगार र आयस्तर वृद्धिका साथै उत्पादकत्व बढाउने रहेको छ ।

सो सहयोगसम्बन्धी आज अर्थ मन्त्रालयमा आयोजित सम्झौतापत्रमा अर्थसचिव कृष्णहरि बाँस्कोटा र नेपालका लागि नर्वेका राजदूत अल्फ अन रामस्लिनले हस्ताक्षर गर्नुभएको थियो ।

केन्द्रीय नवीकरणीय ऊर्जा कोष, प्रविधि सहयोग र ऊर्जा उत्पादन तथा व्यवसाय विकास गरी तीनवटा पक्षमा जोड दिइएको सो कार्यक्रमको अवधि सन् २०१७ जुलाई १५ तारिखसम्म रहेको छ ।

सो कार्यक्रमको कुल बजेट लागत १८ करोड ४० लाख अमेरिकी मुद्रा रहेको र नपुग रकम अन्य दातृ निकायबाट सहयोग प्राप्त हुने बताइएको छ ।

नेपाल सरकारले नेपालको आर्थिक र सामाजिक विकासका लागि नर्वे सरकारको सहयोगप्रति सराहना गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय

काठमाडौं । देशको परिचय कृषि प्रधान । खेतीपाती गर्ने जमिन बाँझो । खेती गर्ने युवा जति खाडीमा । तिनै युवाले

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले रु १५ अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । बैङ्कले आज सूचना प्रकाशित

काठमाडौं।कृषिप्रधान देश नेपालले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ११ महिनामा विभिन्न देशबाट ३४ अर्ब १५ करोड ४० लाख १९

आजको प्रमुख समाचार