नागरिकको न्यायका लागि काम गर्छुः कामु प्रधानन्यायाधीश

२ चैत्र २०७४, शुक्रबार ०१:५९ मा प्रकाशित

काठमाडौँ, १ चैत । कामु प्रधानन्यायाधीश दीपकराज जोशीले न्यायपालिकाको सुधारका लागि कार्यान्वयनमा रहेको पञ्चवर्षीय रणनीतिक योजना कार्यान्वयन गरी नागरिकको न्यायका लागि काम गरिने बताउनुभएको छ ।

कामु प्रधानन्यायाधीशको जिम्मेवारी आज सम्हालेपछि कानून तथा न्याय मामिला पत्रकारसँग कुराकानी गर्दै उहाँले अदालत भनेको नागरिकको सुरक्षा गर्ने महत्वपूर्ण संस्था भएकाले हरदम तिनको न्याय र भलाइका लागि काम गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
न्यायपालिकाको रणनीतिक योजनालाई नै प्राथमिकतामा राखिने बताउँदै उहाँले भन्नुभयो, “यदि कहीँ कतै बिग्रेको छ भने त्यो अरु कसैको नभएर हाम्रै कारणले भएकाले अरुलाई दोष नदिई त्यसमा समाधान गर्न प्रयत्नशील रहनेछु ।” न्यायपालिकाप्रति अपनत्व र सर्वसाधारणप्रति जनआस्था वृद्धि गर्न लागिपर्ने बताउँदै उहाँले अदालत तथा माताहतका अदालतमा मुद्दाको संख्या घटाउन न्यायको वैकल्पिक उपाय मेलमिलाप तथा स्थानीय न्यायिक समितिबाटै मेलमिलाप गरेर सामान्य विषय टुङ्ग्याइने छ भन्नुभयो । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सरकार र विप्लव समूहबीचको औपचारिक वार्ता आजदेखि सुरु भएको छ । आज बिहान दुवै समूहको पहिलो चरणको औपचारिक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहले आज बुधबार दिनभर बैठकैबैठक राखेका छन् । कसरी अघि बढ्दा प्रधानमन्त्री ओलीलाई

वर्षौँदेखि कालीगण्डकी नदीको अवैधरूपमा दोहन हुँदै आएको छ । देश सङ्घीयतामा गइसकेपछि गण्डकी प्रदेश सरकारले नदीजन्य पदार्थको उत्खनन तथा निकासी

टीकापुर । सन्तानको रहर पुगेकाहरुका लागि सञ्चालन गरिएको स्थायी बन्ध्याकरण शिविरमा दुई दिनमा ४६ जनाले सेवा लिएका छन् । पहिलो