अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा नेपालको पहिलो सफलता, एकदिवसीय मान्यता पाउन सफल

२ चैत्र २०७४, शुक्रबार ०१:५५ मा प्रकाशित

काठमाडौँ, १ चैत । अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा नेपालले पहिलो पटक एकदिवसीय मान्यता पाउने पक्का भएको छ । नेपालले पहिलोपटक आईसीसी एकदिवसीय टोलीको मान्यता पक्का गर्दै ५० ओभरको क्रिकेटमा एकदिवसीय मान्यता पाउने ऐतिहासिक उपलब्धी हात पारेको हो । बिहीबार भएको खेलमा नेपालले पपुवा न्युगिनीलाई ६ विकेटले पराजित गर्दै एक दिवसीयको टोलीको मान्यता प्राप्त गर्ने बाटो खोलेको थियो ।

जिम्बावेमा जारी आइसिसी विश्वकप छनोटअन्तर्गत नेपालले पपुवा न्यूगिनीलाई ६ विकेटले हराएसँगै नेदरल्याण्ड्सले पनि हङकङलाई ४४ रनले पराजित गरेपछि नेपालले एकदिवसीय मान्यता पाउने पक्का भएको हो । नेपालले अब सो मान्यतासँगै आइसिसीले खेलाउने विभिन्न प्रतियोगितामा सहभागिता जनाउन पाउने छ भने आइसिसीले अहिले गर्दै आएको सहयोगमा वृद्धि हुनेछ । आज नेपाल संगको खेलमा भएको हारसँगै पपुवा न्यूगिनीको एकदिवसीय मान्यता खोसिएको छ ।

नेपाली टोलीले आफ्नो २२ वर्षे अन्तर्राष्ट्रिय यात्रामा सन् २०२२ सम्मका लागि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को माथिल्लो स्थानको यात्रा पक्का गरेको हो । यससँगै नेपालले ११ वर्षपछि पुनः सेतो जर्सीमा चार दिवसीय इन्टरकन्टिनेन्टल कप पनि खेल्ने छ । इन्टरकन्टिनेन्टल कप ५० ओभरको क्रिकेटमा एसोसिएट टोलीहरुले खेल्ने आईसीसीको सबैभन्दा ठूलो प्रतियोगिता हो ।

नेपालले सन् २०१९ देखी सन् २०२१ सम्म हुने इन्टरकन्टिनेन्टल कपमा प्रतिस्पर्धा गर्नेछ । नेपालले यसअघि इन्टरकन्टिनेन्टल कपको सुरुवाती तीन संस्करणमा प्रतिस्पर्धा गरेको थियो । यद्यपि सन् २००६-०७ को प्रतियोगितापछि भने नेपाल असफल बन्दै आएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा गत २४ घण्टामा ७३६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १९ हजार ५ सय ३९

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सफतविरुद्ध सर्वोच्चमा रिट पेश भएको छ । प्रधानमन्त्री ओलीलाई शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले

लेस्टर सिटीले पहिलो पटक एफए कप फुटबलको उपाधि जितेको छ । २१ हजार दर्गशकको उपस्थितीमा लण्डनस्थित वेम्लीमा भएको फाइनलमा चेल्सीलाई

काठमाडौं । सरकारले विभिन्न मुलुकमा सेवारत नेपाली राजदूतलाई कोभिड –१९ विरुद्धको खोप, औषधि र अन्य स्वास्थ्य सामग्री सहयोगस्वरुप जुटाउने प्रयासमा