विजयकुमार गच्छदार संरक्षित कुख्यात अपराधी गणेश लामा पक्राउ

१ चैत्र २०७४, बिहीबार ०५:२८ मा प्रकाशित

काठमाडौं, ३० फागुन । गौशालामा रहेको पशुपति भिजनमा होटल गोली चलेपछि पुगेको प्रहरीले कुख्यात अपराधी गणेश लामालाई नियन्त्रणमा लिएको छ ।

गोली चलेपछि होटलमा पुगेको महानगरीय प्रहरी वृत गौशालाको टोलीले लामालाई पक्राउ गरेको हो । लामालार्इ एक थान पेस्तोल र ६ राउण्ड गोलीसहित प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमु्ख एसएसपी विश्वराज पोखरेलले लामालार्इ हतियारसहित पक्राउ गरिएको पुष्टि गरेका छन् । होटलमा गोली चले पनि कोही घाइते नभएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका लामाले प्रहरीसँगको बयानका क्रममा होटलमा पसेका दुर्इ युवाले आफूलाई दुई गोली हानेर फरार भएको जनाएका छन् ।

होटलमा गोली चलेपछि काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलसहितको टोली पुगेको थियो । पोखरेलले कसैलार्इ गोली नलागेको जनाउँदै लामालार्इ पक्राउ गरेर अनुसन्धान थालिएको बताए ।

यसअघि विजयकुमार गच्छदारको फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य रहेका लामा गच्छदारसँगै कांग्रेसमा फर्केका थिए । विजयकुमार गच्छदारको नेतृत्वमा गुण्डा गर्दी गर्दै आएका लामा भर्खरै सम्पन्न निर्वाचनमा काभ्रे क्षेत्र नं. १ ‘ख’ बाट प्रदेशसभा सदस्य पदका लागि नेपाली कांग्रेसको तर्फबाट प्रत्यासी रहेका थिए । लामा नेकपा एमालेका उम्मेदवार चन्द्र लामासँग पराजितभएका थिए ।

विजयकुमार गच्छदारको संरक्षणमा विभिन्न निर्माण काममा समेत सक्रिय लामाविरुद्ध अपरहण, फिरौती र ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा प्रहरीले मुद्दा चलाएको थियो । उनीविरूद्ध सम्पत्ती शुद्धिकरण मुद्दा पनि चलाइएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

पोखरा । गण्डकी प्रदेशसभाका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीले गण्डकी प्रदेशमा गरिएको मुख्यमन्त्रीको नियुक्ति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त सरकार बनाउन दिएको तीन दिनको म्याद बिहीबार सकिँदै छ। बिहीबार साँझ ९ बजेसम्ममा विपक्षी

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ९ हजार ३ सय ५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने १ सय

काठमाडौं । राष्ट्रिय जनता पार्टीको महन्थ ठाकुर पक्षले राष्ट्रपतिलाई बहुमतीय सरकारमा सहभागी नहुने जानकारी गराएको छ । राजपाका अध्यक्ष महन्थ