राखी गौचनका दुई एल्बम बजारमा

२९ फाल्गुन २०७४, मंगलवार २३:३५ मा प्रकाशित

लसएन्जलस । अमेरिकाको क्यालिफोर्नियामा बसोबास गर्दै आएकी गीतकार राखी गौचनका एक साथ दुई वटा आधुनिक गीतका एल्बम बजारमा आएको छ । उनले जानी नजानी र परिभाषा एलबम सार्बजनिक गरेकी हुन् ।

दुबै एल्बमका गीत कर्णप्रिय भएको प्रतिक्रिया पाएर गौचन हौसिएकी छिन् । परिभाषामा गायक सुरज कुमार थापाले गाएका ५ वटा गीत छन् भने जानी नजानी एल्बममा गायिका बानिका प्रधानको स्वरमा ६ वटा गीत ।

दर्जनौ गीत लेखिसकेकी गौचनका केही गीत रेकर्ड भैसकेका छन् । सन् २०१६ मा सपनाश्रीले गाएको ‘म मातिएको बेला’ उनको पहिलो रेर्कडेड गीत हो । त्यसमा यम बरालको संगीत छ ।

स्कुले जीवनदेखि नै नाच्न, गाउन, अभियन र कविता लेखनमा रुचि राख्ने राखी गीत लेखनमा गम्भिर भएर लागेको दुई वर्ष भयो । जीवनका भोगाईहरुलाई गीत र कवितामा ढालेर पाठक, दर्शक र श्रोतामाझ पस्किरहने उनको चाहना छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । गायिका एलिना चौहानको ‘हावामा फैलियो मधुरो गीत’ बोलको गीत सार्वजनिक भएको छ । प्रगति देवकोटाको शब्द तथा सञ्जीव

काठमाडौं । गायक सरोज अधिकारीको स्वरमा ‘दुई दिने जीवन’ सार्वजनिक भएको छ। युवापुस्तामा केन्द्रित गीतमा शब्द तथा संगीतसमेत गायक अधिकारीकै

काठमाडौं । पल शाह अहिलेका चर्चित नायक हुन् । म्युजिक भिडियोदेखी सिनेमामा समेत सक्रिय पल अहिले महंगो पारिश्रमिक लिने नायक

काठमाडौं । फुलबुट्टे सारीबाट नेपाली गीत संगीतमा चर्चामा आएकी युगान्डाकी गायिका वियोन्सेले फेरि अर्को नयाँ गीत ल्यासी पाउ ल्याएकी छन्