बलिउड स्टार राजेश खन्नाको रहेनन्

३ श्रावण २०६९, बुधबार १५:१० मा प्रकाशित


काठमाडौ, ३ असार । हिन्दी चलचित्र उद्योग बलिउडमा लामो समयसम्म सुपरस्टारको रुपमा रहेका नायक राजेश खन्नाको आज ६९ वर्षको उमेरमा निधन भएको छ ।
गत अप्रिलदेखि विरामी भएर मुम्बई स्थीत लिलावती अस्पतालमा उपचारार्थ रहेका नायक खन्न सोमबारमात्र डिस्चार्ज भएको थिए । उनको निवासमै निधन भएको परिवारले जनाएका छन् ।
१९६० देखि ७० सम्मको दशकका उनले अभिनय गरेको सबै जसो चलचित्र सुपरहित भएपछि उनलाई हिन्दी सिनेमाको पहिलो सुपरस्टारको रुपमा उपाधी दिईएको थियो । रोमान्टीक हिरोको रुपमा आफ्नो छवि बनाएका खन्नाको पहिलो सुपरहिट सिनेमा आराधना हो । त्यसपछि दश वर्षसम्म उनले अभिनय गरेका सबै चलचित्रले असफलता भोग्नु परेन ।
उनले आफ्नो फिल्मी जिवनमा १६० भन्दा बढी चलचित्रमा अभिनय गरेका छन् । उनका सर्वाधिक सफल चलचित्रहरुमा कटि पतंग, आराधना, आनन्द, अमरप्रेम, हात्ति मेरा साथी लगायतका रहेका छन् ।
खन्नाकी एक श्रीमती डिम्पल कपाडिया र छोरीहरु ट्वििन्कल र रिङकी रहेका छन् । ट्वििन्कलको बलिउडकै चर्चित नायक अक्षयकुमारसँग विवाह भएको छ । श्रीमती कपाडिया भने १९८० देखिनै खन्नासँग सम्बन्ध विच्छेद नगरे पनि अलग्गै बस्दै आएकी थिईन ।
खन्न काग्रेसको तर्फबाट दिल्लीबाट संसदसमेत भईसकेका छन् । उनको शबका आजै धार्मिक विधी अनुसार अन्तेष्ठि गरिने परिवार स्रोतले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

अभिनेत्री मिया खालिफाले श्रीमानसँग सम्बन्धविच्छेद गरेकी छन् । हालै उनले आफुले सम्बन्धविच्छेद गरेको घोषण गरेकी हुन् । खलिफाले श्रीमानसँग अलग

काठमाडौँ । गायक स्वरूपराज आचार्य र गायिका अस्मिता परियारको आवाजमा रहेको ‘माया गर्ने मान्छे’ बोलको गीत सार्वजनिक भएको छ ।

काठमाडौं । म्युजिक भिडियोमा डेब्यु गरेका अमेरिकाको पेन्सिलभिनिया राज्यको पिटर्सबर्ग निवासी पुर्ण लम्साल अभिनित ‘तिमी छौ र’ बोलको को म्युजिक

अमीषा पटेल अभिनेत्री अमीषा पटेल अभिनेता ऋतिक रोशनको फिल्म ‘कहो ना प्यार है’बाट अभिनयमा डेब्यु गरेकी हुन् । त्यसपछि उनले