सेनामा १०० वर्ष माथिलाई ‘सताव्दी मासिक भत्ता’

२७ फाल्गुन २०७४, आईतवार १८:५९ मा प्रकाशित

काठमाडाैं -नेपाली सेनाले ९० वर्षभन्दा माथिका अवकासप्राप्त सैनिकलाई विशेष भत्ता उपलव्ध गराउने भएको छ । सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार ९० देखि ९९ वर्ष उमेरका भूपू सैनिकलाई जनही ३ हजार र १०० वर्षमाथिकालाई मासिक १० हजार भत्तासहित विशेष सम्मानको व्यवस्था गर्न लागेको हो । पूर्वी पृतना मूख्यालय अन्तर्गतका २३ गतदेखि जारी भूपू सैनिक सम्मेलनका क्रममा सेनाले यो कार्यक्रम सार्वजनिक गरेको हो । यो विशेष प्याकेज सैनिक कल्याणकारी कोषको बजेटबाट सञ्चालन गरिने छ । यो व्यवस्था माघ १ गते देखि नै लागू हुनेगरी कार्यान्वयनमा ल्याइन लागिएको सेनाले जनाएको छ । सेनाले अवकासप्राप्त सैनिक अन्तर्गत अव उमेर समूहको विवरण संकलन कार्य अघि बढाएको छ । सेनाले ९० देखि ९९ वर्ष उमेरका भूपू सैनिकलाई ‘पूर्व सताव्दी मासिक भत्ता’ र १०० वर्ष माथिलाई ‘सताव्दी मासिक भत्ता’को रुपमा बर्गीकरण गरेको छ । ४० वर्ष अघि स्थापना गरिएको सैनिक कल्याणकारी कोषले बहालवाला तथा अवकासप्राप्त कर्मचारी तथा त्यसका हितधिकारीका लागि विभिन्न कल्याणकाी योजना सञ्चालन गर्दै आएको छ । पछिल्लो आँकडा अनुसार चल-अचल गरी ४५ अर्ब भन्दा बढीको पुँजी रहेको कोषको लाभ बहालवाला तथा अवकासप्राप्त सेना तथा तिनका हिताधिकारी गरी ८ लाखले लिँदै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

तल्लो डोल्पा । तल्लो डोल्पाअन्तर्गत पर्ने मुड्केचुला गाउँपालिकाले एकै पटक तीनवटा मोवाइल टावर सञ्चालनमा ल्याएको छ । लामो समयदेखि सञ्चार

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभामा रिक्त एक सदस्यको निर्वाचन यही जेठ ६ गते निर्वाचन हुँदैछ । माओवादी केन्द्रले आफ्नो

म्याग्दीको बेनी नगरपालिका–४ मा पर्ने सिंगा र तातोपानी क्षेत्र कोरोना सङ्क्रमणको केन्द्र बनेको छ । तातोपानी कुण्ड स्नानका लागि आएका

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशका सबै अस्पतालहरुमा क्षमता अनुसारको अक्सिजन प्लान्ट राखिने बताउनुभएको छ । उहाँले प्लान्ट