विश्वकप क्रिकेट छनोट : नेपाल आज अफगानिस्तानसँग खेल्दै

२६ फाल्गुन २०७४, शनिबार ०८:४१ मा प्रकाशित

फागुन २६ – क्रिकेटमा नेपालको भेट फेरि एकपटक चीर प्रतिद्वन्दि देश अफगानिस्तानसँग हुँदैछ । शनिबार जिम्बाबेको बुलावायोस्थित एथ्लेटिक क्लबको मैदानमा  आमनेसामने हुँदा दुवै देशलाई जित्नैपर्ने दवाव हुनेछ । तर यो दवाव नेपाललाई धेरै हुनेछ । प्रतियोगितामा यसअघिका दुवै खेल हारेको नेपाललाई आजको खेल जित्दै सुपरसिक्सको सम्भावना कायमै राख्नुपर्ने चुनौती छ ।त्यसो त यसअघिका तीनै खेल हारेको अफगानिस्तानलाई पनि आज कम दवाव भने हुने छैन । प्रतियोगिताकै उपाधि विजेताका रुपमा चर्चा बटुलेर जिम्बाबे पुगेको अफगानिस्तान समूह चरणका सबै खेल हारेर घर फर्किन चाहदैन र यसका लागि आज उसलाई अन्तिम अवसर प्राप्त हुनेछ । त्यसो त सुपरसिक्समा पुग्ने अफगानिस्तानको गणितीय सम्भावना पनि बाँकी नै छ । अफगानिस्तानले नेपाललाई हराएमा, हङकङ जिम्बावेसँग पराजित भएमा र नेपालले हङकङलाइ हराएमा समूह ‘बी’ बाट सुपरसिक्समा पुग्ने तेस्रो देश अफगानिस्तान, नेपाल र हङकङ जुन पनि हुन सक्छ ।  यस्तो अवस्थामा नेपालका लागि अफगानिस्तानको खराब लय र अफगानिस्तानका लागि  अहिलेसम्मको हेड टू हेडको नतिजाले प्रेरणा दिनेछन् ।  खेल बुलावायोस्थित एथ्लेटिक क्लबको मैदानमा नेपाली समयअनुसार दिउँसो सवा १ बजे सुरु हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । देशकै पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता खुकुरी नेपाल सुपर लिग (एनएसएल)को पहिलो सिजनको फाइनलमा शनिबार धनगढी एफसी र काठमाडौं

मड्रिड । स्पेनिस लिग फुटबलमा गएराति रियाल मड्रिड र भियारियाल विजयी भएका छन् । उपाधि होडमा रहेको रियाल मड्रिडले ग्रानाडालाई

स्पेनिस ला लिगा फुटबलको बार्सिलोना लेभान्तेसंग बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा लेभान्तेसँग बार्सिलोना ३ –३ को बराबरीम रोकिएको

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले पुनरागमन जित निकालेको छ । गएराति भएको खेलमा युनाईटेडले १० खेलाडीमा सिमित