सत्तामा टिक्ने बहानामा निर्वाचनको घोषणाः डा रिजाल

३ श्रावण २०६९, बुधबार १४:४८ मा प्रकाशित


काठमाडौ, ३ साउन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले प्रधानमन्त्री डा बाबुराम भट्टराईको नयाँ संविधान निर्वाचनको घोषणा सत्तामा टिकिरहने बहाना मात्रै भएको टिप्पणी गर्नुभएको छ । नेपाल प्रेस युनियन कास्कीले आज पोखरामा गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले नयाँ संविधानको निर्वाचन गराउँदा कानुनी र संवैधानिक अड्चन हुँदाहँुदै प्रधानमन्त्रीले एकलौटिरुपमा मङ्सिर ७ गते चुनावको घोषणा गरेको र अब चुनाव सार्दै सत्ता लम्ब्याउँदै जाने चाहना भएको बताउनुभयो । उहाँले राष्ट्रिय सहमतिबाट हुने निर्वाचनले मात्र संविधान जारी गर्न सक्ने बताउनुभयो । नेता डा रिजालले सरकारको नेतृत्वका लागि हानाथाप नगर्न पार्टीका शीर्ष नेताहरुलाई आग्रह पनि गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौ । सरकारले शहरी क्षेत्रका विद्यालयहरु आगामी वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस गरेको छ । कोभिड – १९ व्यवस्थापन केन्द्र

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) को समस्या समाधानका लागि सबै दलसँग सहयोगको आग्रह गरेका छन् । प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार बोलाएको सर्वदलीय बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नजाने भएका छन् ।

काभ्रेपलाञ्चोक । जिल्लाको पुराना तीन नगर बनेपा, धुलिखेल र पनौती ‘काभ्रे’ स्मार्ट सिटीका नामले परिचित हुन संरचना निर्माण प्रक्रियालाई तीव्रता