झुम्यो लसएन्जलस सप्तरंगी इन्द्रधनुष ‘होली’मा

२२ फाल्गुन २०७४, मंगलवार ०३:५३ मा प्रकाशित

लसएन्जलस । दक्षिण क्यालिफोर्नियाको यो सप्ताहन्त सप्तरंगी रंगहरुमा झुम्दै फागुपूर्णिमा मनाएर बित्यो नेपाली समुदायको आइतबार । फागु पूर्णिमाको यो अवसरमा लसएन्जलसको प्रवाशी नेपालीलाई मनमोहक र रंगिन बनाउने मेसो मिलाएको थियो माँ क्यालिफोर्निया र दिनेश शाह-अनु शाहको युगल जोडीले । रोचक के थियो भने, मातृभूमिमा मधेश र पहाडमा फरक तिथिमा मनाउने होली यता पहाडिया र मधेशी नेपाली  अर्थात् अमेरिकामा बस्ने नेपाली समुदायले समुहमा फागु दलेर रंगिन र रोमान्चक शैलीमा, विना विवेध, विना विभाजन, एकै थलो, एकै तिथिमा मनाए सहभोज गरेर ।

के वालक, के तन्नेरी, रंगी बिरंगी रंगहरुमा नाची रहेको देख्दा लाग्थ्यो नेपालकै कुनै गाउँ, कुनै ठाउँमा होली मनाइदै छ । संधै सान्त देखीने व्यावसायी राजेश पाण्डे र भवानी पाण्डेको जोडी, राम्जी गौतम, डिल्ली थापा, प्रकाश पाण्डे, दिल श्रेष्ठ, कृष्ण कोइराला, बलराम थापा, नबिन पोखरेल, मदन पाठक देखी गैर आवाशीय नेपाली संघ एनआरएनए अमेरिका महिला संयोजक इन्दिरा त्रिपाठी र क्यालिफोर्निया च्याप्टरका अध्यक्ष रामबाबु पाण्डे- मोनीका पाण्डेको जोडी समेत कम्मर मर्काई-मर्काई नाचिरहेको देखेर अगुवा नेपाली अमेरिकन टेक वाइवा लामा आफ्नो नृत्य मार्फत नाचको नेतृत्व गर्दै माहोललाई ताताउदै थिए ।

पत्रकार गोकुल ढकाल र सीता ढकालको जोडीको नाच होस् वा दिनेश शाह र अनु शाहको जोडीले प्रदान गरेको आतिथ्यता सम्झन लायक थियो ।

फागु महोत्सव आयोजक दिनेश शाह र अनु शाहका अनुसार अमेरिकामा बसोबास गर्ने नेपाली समुदायलाई हिन्दु संस्कृतीसंग जोड्न होली पर्व आयोजना गरिएको हो ।
शाहले भने, ‘मातृभूमि नेपालमा पहाड र मधेशको विवेध रहेपनि अमेरिकामा रहेको नेपाली समुदाय एकता, सहकार्य र सदभाव सहित रमाई रहेको संदेश हो होलीमा हामि सबैको सहभागिता ।’

होलीमा रंगिएका भवानी पाण्डे र राजेश पाण्डेको प्रतिक्रिया थियो, ‘प्रवाश, कामको व्यस्तता र मातृभूमिको झल्को मेट्न यो रंगिन पर्वले मद्धत पुर्याउने मात्र होइन एकैछिन भएपनि आफ्नै संस्कृती संग जोडिएको अनुभूति दिन्छ ।’

एनआरएनए क्यालिफोर्निया अध्यक्ष रामबाबु पाण्डे र उनकी पत्नी मोनिका पाण्डे भन्छन, ‘यो परदेशमा स्वदेशको चाड पर्व मनाउने अवसर जुटाउने आयोजक धन्यवादको पात्र हुन्  ।

 

 

 

 

नेपाली गीतका अतिरिक्त मधेशको भोजपुरी र मैथली गीत र संगीतमा रमाउने स्थान बनेको थियो स्थानिय बुयना पार्क । भोजन पछि सुटुक्क भित्रिएको मदिराको चुस्किले होला आयोजकले पटक-पटक कार्यक्रम सकिएको घोषणा गर्दा पनि गाउने र नाच्ने क्रम निरन्तर जारी रह्यो ।

अगुवा नेपाली अमेरिकन भक्त थापा हुन वा मुकन्द ढुंगाना अबिर दल्दै होलीको रंगमा रमाई रहेको दृश्य हेर्न लायक देखिन्थ्यो ।

तर के गर्ने रंगिन होलीको यो पर्व संगै सप्ताहन्तको आइतबार सकिदै थियो र भोलीको नित्य कर्ममा जानै पर्ने नियतीले होला यस वर्षको होलीलाई विदा गर्दै छुट्टिए लसएन्जलसको प्रवाशी नेपाली समुदाय ‘नमरी बाँचे, कालले सांचे’ अर्को पर्वमा भेट्ने वाचा गर्दै ।

प्रतिक्रिया
सम्बन्धित खवर

अमेरिकी सिनेटअन्तर्गतको वैदेशिक मामिला समितिमा बुधबार नेपालमा कोरोना भाइरसले पारेको असरका बारेमा छलफल भएको छ । कोभिड–१९ महामारी र अमेरिकाको

काठमाडौं । गीतकार निशा शर्मा अर्यालको यस्तो माया बोलको गीतले छोटो समयमै सफलता पाउन सफल भएको छ। गीत सार्वजनिक भएको

काठमाडौं । गीतकार निशा शर्मा अर्यालको ‘यस्तो माया’ बोलको गीतले छोटो समयमै सफलता पाउन सफल भएको छ। गीत सार्वजनिक भएको

काठमाडौँ । अमेरिकाको ओहायो राज्य निवासी गीतकार तथा संगीतकार प्रेम रामदामले आफ्नो बिल्कुलै नयाँ म्युजिक भिडियो ‘चोली तिम्रो’ सार्वजनिक गरेका