पूर्व लडाकूको अवरोधले माओवादी विस्तारित बैठक स्थिगित

३ श्रावण २०६९, बुधबार १४:३६ मा प्रकाशित


काठमाडौ, ३ साउन । माओवादी पूर्व लडाकूहरुले आफ्नो रकमको हिसाब किताब माग गर्दै नारावाजी गरेपछि एकीकृत माओवादी विस्तारित बैठक स्थिगित भएको छ । शिविरमा अनियमिता भएको भन्दै छानबिनको माग गरी पूर्वलडाकूहरुले बैठकस्थलमै नाराबाजी बैठक अवरुद्ध भएको छ । आजको सातौं विस्तारित बैठक भोलि बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको प्रचारप्रचार उपसमितिका संयोजक विश्वभक्त दुलालले जानकारी दिनुभयो । समुहगत छलफलको क्रममा स्वेच्छिक अवकासमा गएका पूर्व लाडाकू र वाइसिएलका प्रतिनिधिहरुले शिविरभित्रको आर्थिक हिसाव पारदर्शी हुनुपर्ने, आर्थिक अनियमितताका दोषीलाई तत्काल निलम्बन गरी छानविन हुनुपर्र्ने, घाइते अपाङ्गता भएकालाई आजीवन निर्वाह भत्ताको व्यवस्था हुनुपर्ने भन्दै नारावाजी गरेका थिए । त्यस्तै उनीहरुले पार्टी सुदृढीकरणको ठोस र व्यावहारिक योजना चालु विस्तारित बैठकमा पेश गर्नुपर्ने लगायतका मागहरु पनि राखेका छन् । बैठक केहीबेर अवरुद्ध भएपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व लडाकूहरुको माग जायज भएको भन्दै भोलि सम्ममा माग सम्वोधन गर्ने प्रतिवद्धता जनाउनु भएको छ । प्रचण्डले बैठकमा प्रस्तुत गरिएको पार्टी सुदृढीकरण र शुद्धिकरणको योजनाको स्प्रिटसँग मेल खाएकोले यी मागले पार्टी निर्माण र समस्या समाधानमा सजिलो बनाउने भन्दै धन्यवाद पनि दिनुभयो । मागका सम्बन्धमा केन्द्रीय समितिमा छलफल गरेर ११ बजेको बैठक हलमै माग सम्बोधन गर्ने प्रतिवद्धता अध्यक्ष प्रचण्डले जनाउनु भएको छ । आजको बैठकमा प्रचण्डको प्रतिवेदनमाथि समुहगत छलफल सकिएको छ र भोलि समूह टोलीले छलफलको निष्कर्ष प्रस्तुत गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा बाटो बिराएकालाई फर्केर आउन आग्रह गरेका छन् । अखिल नेपाल

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप भएको छ । यसअघि जारी गरिएको निषेधाज्ञाको आदेशको अवधि आइतबार सकिएपछि काठमाडौं,

काठमाडौं । नेकपा एमालेको संस्थापन पक्षका सांसद नारदमुनि रानाले संसद पुनःस्थापना र अहिलेको सरकार सर्वोच्च अदालतले बनाइदिएको भनेपछि संसदको अन्तर्राष्ट्रिय

काठमाडौं । सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले सांसद श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका