पाकिस्तानी प्रधानमन्त्रीकाे सम्मानमा अोलीको रात्रिभोज

२१ फाल्गुन २०७४, सोमबार २१:४२ मा प्रकाशित

काठमाडाैं,२१ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको औपचारिक भ्रमणमा रहनुभएका पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासीको सम्मानमा रात्रिभोज आयोजना गर्नुभएको छ ।  नेपालको दुईदिने भ्रमणमा आजै नेपाल आउनुभएका प्रधानमन्त्री अब्बासीको सम्मानमा आज साँझ होटल याक एन्ड यतीमा आयोजित रात्रिभोजमा नेपालका पूर्वप्रधानमन्त्री, मन्त्रिगण, संवैधानिक निकायका प्रमुख एवं नेपाल सरकारका उच्चपदस्थ अधिकारी र सुरक्षा निकायका प्रमुखको सहभागिता थियो ।
यसअघि प्रधानमन्त्री ओली र उहाँका समकक्षी अब्बासीबीच पारस्परिक हित र चासोका विविध विषयमा छलफल भएको थियो । होटल याक एन्ड यतीमा आज साँझ भएको द्विपक्षीय भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले नेपालमा लोकतन्त्रको सुदृढीकरणको कार्य अझै बाँकी रहेको बताउनुभएको उहाँका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रधानमन्त्री ओलीले नेपालमा चुनावी प्रक्रियाबाट राजनीतिक संक्रमणको अन्त्य भएको स्पष्ट पार्नुभएको थियो । उहाँहरुबीच क्षेत्रीय र द्विपक्षीय हितका विषयमा पनि खुलेर छलफल भएको सल्लाहकार रिमालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“हामीले द्विपक्षीय चासो र हितका साथै आर्थिक विषयमा छलफल ग¥यौँ ।”
दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन(सार्क)का विषयमा भएका छलफलबारे सल्लाहकार रिमालले भन्नुभयो,“सार्क हामी सबैको पहलमा स्थापना भएको हो, त्यसको महत्व अझै बाँकी छ, त्यसको प्रक्रियालाई अगाडि बढाउन दुवै देश प्रतिबद्ध छांैँ भन्ने विषयमा दुवै देशका प्रधानमन्त्रीको समान धारणा छ ।”
सार्कका विषयमा केही विमति भए त्यसलाई वार्ता र छलफलका माध्यमबाट टुङ्ग्याउनुपर्नेमा उहाँहरुको जोड रहेको सल्लाहकार रिमालले बताउनुभयो । भेटवार्ताका क्रममा पाकिस्तानका प्रधानमन्त्री अब्बासीले पाकिस्तान भ्रमणको निम्तो दिनुभएकामा प्रधानमन्त्री ओलीले उपयुक्त समयमा मित्र राष्ट्र पाकिस्तानको भ्रमण गर्ने जवाफ दिनुभएको थियो ।
बैठकमा पाकिस्तानी प्रधानमन्त्री अब्बासीले नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा निर्वाचित हुनुभएकामा खुशी व्यक्त गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको सल्लाहकार रिमालले जानकारी दिनुभयो ।
द्विपक्षीय भेटवार्तामा नेपालका तर्फबाट अर्थमन्त्री डा युवराज खतिवडा, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार रिमाल, मुख्य सचिव लोकदर्शन रेग्मी, परराष्ट्र सचिव शंकरदास वैरागीलगायत उच्च अधिकारी तथा पाकिस्तानका तर्फबाट विदेश मन्त्रालयका अतिरिक्त सचिव, नेपालका लागि पाकिस्तानी राजदूतसहित उच्च अधिकारीको सहभागिता थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग पाकिस्तानका प्रधानमन्त्री अब्बासीले राष्ट्रपति भवन शीतल निवासमा मङ्गलबार बिहान शिष्टाचार भेट गर्नुहुनेछ । राष्ट्रपतिसँगको भेटअघि उहाँको नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री अब्बासीसँग भेटवार्ता हुने कार्यक्रम छ । नेपालको भ्रमण पूरा गरी पाकिस्तानी प्रधानमन्त्री मङ्गलबार स्वदेश प्रस्थान गर्नुहुनेछ । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

पोखरा । गण्डकी प्रदेशसभाका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीले गण्डकी प्रदेशमा गरिएको मुख्यमन्त्रीको नियुक्ति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त सरकार बनाउन दिएको तीन दिनको म्याद बिहीबार सकिँदै छ। बिहीबार साँझ ९ बजेसम्ममा विपक्षी

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ९ हजार ३ सय ५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने १ सय

काठमाडौं । राष्ट्रिय जनता पार्टीको महन्थ ठाकुर पक्षले राष्ट्रपतिलाई बहुमतीय सरकारमा सहभागी नहुने जानकारी गराएको छ । राजपाका अध्यक्ष महन्थ