पाकिस्तानी प्रधानमन्त्री आज काठमाडौंमा, १९ घन्टा नेपालमा रहने

२१ फाल्गुन २०७४, सोमबार १०:३६ मा प्रकाशित

काठमाडौँ, २१ फागुन । पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासी नेपालको दुई दिवसीय औपचारिक भ्रमणमा आज अपराह्न राजधानी आउँदै हुनुहुन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आजै आफ्ना पाकिस्तानी समकक्षीसँग पारस्परिक हित र द्विपक्षीय चासोका विषयमा विचारविमर्श गर्नुहुनेछ । साथै उहाँले प्रधानमन्त्री अब्बासीको सम्मानमा आज रात्रिभोजको आयोजना गर्नुहुनेछ ।
परराष्ट्रले भने पाक प्रधानमन्त्री प्रधानमन्त्री केपी ओलीलाई बधाई दिन र दक्षिण एसियाली सहयोग संगठन ९सार्क० को शिखर सम्मेलन आयोजनाबारे अध्यक्ष मुलुकसँग छलफलका लागि अब्बासी नेपाल आउन लागेको दावी गरेको छ । भ्रमणका क्रममा उहाँले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भोलि मंगलबार शिष्टाचार भेट गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमण पूरा गरी फागुन २२ गते प्रधानमन्त्री अब्बासी स्वदेश प्रस्थान गर्नुहुनेछ ।
यता, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले प्रधानमन्त्री ओलीलाई बधाई दिन पाकिस्तानी समकक्षी अब्बासी काठमाडौं आउन लागेको बताउनुभयो । ओली प्रधानमन्त्री भएपछि उहाँले पहिलो उच्चस्तरीय पाहुनाका रूपमा स्वागत पाउनुहुनेछ । विशेष विमानमा ३२ सदस्यीय टोलीसहित आउन लाग्नभएका अब्बासी नेपालमा १९ घण्टा रहने कार्यक्रम छ।

टुँडिखेलमा ‘गार्ड अफ अनर’
पाकिस्तानी प्रधानमन्त्री अब्बासीलाई टुँडिखेलको सैनिक मञ्चमा ‘गार्ड अफ अनर’ दिइने भएको छ । यसअघि त्रिभुवन विमानस्थलमै गार्ड अफ अनर दिने गरिएको थियो । प्रधानमन्त्री ओलीको निर्देशनमा यसलाई परिवर्तन गरिएको हो । अब्बासीलाई स्वागत गर्न अर्थमन्त्री युवराज खतिवडालाई विमानस्थल पठाउने निर्णय सरकारले निर्णय गरेको छ । विमानस्थलबाट उहाँ सीधै टुँडिखेल जाने र गार्ड अफ अनरको कार्यक्रम सकिएपछि होटल हायात पुग्ने जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका नेता सुरेन्द्र पाण्डेले हिजो प्रतिगमनकारी कदमको विरुद्धमा रहेका शक्तिहरुको बीचको एकता नै

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका नेताहरु निर्वाचन आयोग पुगेका छन् । पार्टीको नयाँ निर्णयबारे जानकारी गराउन र

खलङ्गा । जुम्ली मार्सी चामल र जैविक सिमीलगायत कृषिवस्तुका माग अन्तररष्ट्रिय बजारमा बढ्न थालेको छ । जिल्लाबाट पहिलोपटक रु छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द ‘विप्लव’ले एउटै मञ्चबाट संयुक्त सम्बोधन गर्ने भएका छन् । शुक्रबार दिउँसो