आन्दोलनबाट गलहत्याएर निकाल्छौः गजुरेल

३ श्रावण २०६९, बुधबार १४:२० मा प्रकाशित

काठमाडौ, ३ असार । नेकपा–माओवादीका कार्यबाहक अध्यक्ष सीपी गजुरेलले प्रधानमन्त्री डा बाबुराम भट्टराईले आफै पद नछाड्ने दावी गर्दै आन्दोलनको आँधीबेहरीबाट गलहत्याएर बालुवाटार र सिहदरवारबाट निकाल्ने चेतावनी दिएका छन् ।
रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा उनले आफूहरु आन्दोलनको तयारीमा रहेकोले तयारी पछि भिषण आन्दोलन गरेर स्वेच्छाचारी प्रधानमन्त्रीलाई आन्दोलनबाटै हटाउने ठोकुवा गरे ।
गजुरेलले प्रधानमन्त्रीलाई हटाउने आन्दोलनमा नेपाली काग्रेस र नेकपा एमालेले नेतृत्व गरेको मोर्चालाई पनि साथै लिएर हिडे पनि क्रान्तिकारी शक्तिहरुको आफूहरुले तेस्रो मोर्चा निर्माण गर्ने खुलासा गरे ।
उनले भने–प्रचण्ड र एमाले काग्रेसले नेतृत्व गरेको दुई मोर्चा छ, हामि अलग तेस्रो मोर्चा निर्माण गर्छौ । बाबुरामजीलाई हटाउने विषयमा काग्रेस र एमालेको मोर्चासँग सहकार्य गर्न सकिन्छ तर अरु विषयमा हाम्रो कुरा मिल्दैन ।
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री बाबुराम भट्टराईले नेतृत्व गरेको पार्टीसँग एकता सम्भव नभएको स्पष्ट पार्दै प्रचण्डको भ्रमबाट मुक्त भएर धेरै नेता कार्यकर्ताहरु छिट्टै आफ्नो पार्टीमा आउने र त्यसपछि आफूहरुको पार्टीनै बलियो हुने दावी समेत गजुरेलले साक्षात्कारमा गरे ।
आन्दोलनले मुलुकमा नेतृत्व जन्माउने दावी गर्दै नेपालका सबै ठूला नेता असफल भईसकेकोले अब छिट्टै आन्दोलनले नेपालमा नेताको खडेरी अन्त्य गर्ने उद्घोष समेत उनले गरे ।
प्रचण्डले विस्तारित बैठकमा पेश गरेको प्रतिवेदनले बर्गिय र राष्ट्रिय आत्मसमर्पणबादी भन्ने आफूहरुको आरोप प्रमाणित भएको भन्दै गजुरेलले जनयूद्ध शब्दको उच्चारण नभएको, विप्पा सहित त्रिभुवन विमानस्थल भारतलाई दिने राष्ट्रघाती निर्णयको बारेमा उल्लेख नभएकोले यो पारित भए प्रचण्ड समूहको भविष्य नरहने स्पष्ट पारे ।
उनले भने–सामाजिक र  वर्गाीय आधार विनाको पार्टी हुँदैन ।प्रचण्डको प्रतिवेदन पारित भए उनको समूह आधार विहीन हुन्छ । यस्तो समूहको भविष्य छैन । हामिलाई पनि राम्रै हुन्छ, हामिमाथिको भ्रम अन्त्य गर्न सहयोगी हुन्छ ।
प्रचण्डले पार्टीभित्र अब गुट बन्न दिन्न भनेको राष्ट्रियताको मुद्दा उठाउन नदिने भनेको स्पष्ट पार्दै २–४ महिनासम्म मात्र एकीकृत नेकपा माओवादी पार्टी रहने ठोकुवा गरे । हिजोका दिनमा काग्रेस र एमालेले माओवादीमाथि लगाउने आरोप नै खोजि खोजी लगाउने गरेको भन्दै काग्रेस र एमालेले नेतृत्व गर्ने बर्गमा प्रचण्ड पनि गएकोले अब प्रचण्डको भविष्य नरहेको बताए ।
ज्ञानेन्द्रको अब पुन राजा बन्ने सम्भावना नरहेको ठोकुवा गर्दे गजुरेलले उनलाई आफ्नो दुखेसो लिएर जनतामा जान सुझाव दिए । गजुरेलले गोलमेच सम्मेलनमा समेत पूर्व राजा ज्ञानेन्द्रलाई सहभागी नगराउने समेत साक्षात्कारमा स्पष्ट पारे ।
पार्टी अध्यक्ष मोहन बैद्य किरणको चिन भ्रमण बाबुराम भट्टराईले विगारेको नेपाल र चिन विचको सम्बन्ध सुधार्न गएको भन्दै दुई पार्टीवीचको सम्बन्ध विस्तार, जनता जनतावीचको सम्बन्ध विकास र नाका विस्तारको विषयका विशेष रुपमा केन्द्रीत हुने जानकारी दिए ।
उनले भने–ब्राजिलमा चिनियाँ प्रधानमन्त्रीले बाबुरामजीलाई भेटेनन, चिनियाँ प्रतिनिधिमण्डलले  पनि नेपाल भ्रमणको क्रममा भेटेनन चिन र नेपालको सम्बन्ध विग्रिएको छ । बाबुरामजीले एउटा देशको दलाल भएर काम गरेकोले सम्बन्धमा चिसो पना आएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सरकारले विभिन्न पाँच देशमा वैदेशिक अध्ययन स्वीकृति पत्र (नो अब्जेक्सन लेटर) दिन रोक लगाएको छ । मुलुकमा कोभिड-१९

काठमाडौं । नेपाली काँग्रेसले केही दिनमै केपी ओली नेतृत्वको सरकार विस्थापित हुने दावी गरेको छ । माओवादी केन्द्र र जसपासँगको

काठमाडौं । सभामुख अग्नि सापकोटा विरुद्ध परेको मुद्दाको संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ । संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर

काठमाडौं । सम्झौता अवधि सकिएको झण्डै नौ महिनापछि कन्सेप्ट डेभलोपमेन्ट प्रालिले काठमाडौँ प्लाजामा रहेका अधिकांश पसल हटाएको छ । गत