‘काठमाडौँ कला मेला’ शुरु

२० फाल्गुन २०७४, आईतवार ०८:३७ मा प्रकाशित

काठमाडौँ, २० फागुन – ललितकला मञ्चको आयोजनामा जमलस्थित राष्ट्रिय नाचघरमा ‘काठमाडौँ कला मेला’ शुरु भएको छ । स्वदेशी कला, संस्कृतिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा प्रवद्र्धन गर्ने उद्देश्यले यही फागुन २८ गतेसम्म जारी रहने मेलामा हस्तकला, चित्रकला, मूर्तिकला, फोटोग्राफीलगायत विधामा करिब २०० कलाकारका सिर्जना समावेश गरिएको छ ।
रक्षामन्त्री ईश्वर पोखरेलले पूर्वीय कला, संस्कृति निर्माणको विशेषता तथा ऐतिहासिक पक्षका आधारमा नेपालको कलाकारिताले विश्वमा विशिष्ट पहिचान बनाएको हुँदा यिनको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले कला अभिव्यक्तिको सशक्त माध्यम भएको हुँदा समाज परिवर्तनमा यस क्षेत्रले सकारात्मक र सशक्त प्रभाव पार्ने बताउनुभयो । नेकपा (एमाले) सांस्कृतिक विभाग प्रमुख खगेन्द्र राईले देशमा लामो समयदेखि कायम रहेको राजनीतिक अस्थिरताले गर्दा समग्र सांस्कृतिक क्षेत्र ओझेलमा परेकामा चिन्ता व्यक्त गर्नुभयो । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान हस्तकला विभाग प्रमुख सुष्मा राजभण्डारीले नेपाली ललितकला क्षेत्रलाई फराकिलो बनाउन उक्त मेलाले सहयोग पु¥याउने विश्वास गर्नुभयो । मञ्चका अध्यक्ष लालकाजी लामाले काठमाडौँ उपत्यका बाहिरका कलाकारको सिर्जनालाई प्रवद्र्धन गर्ने उद्देश्यले आफ्नो संस्थाले विभिन्न समयमा कला प्रदर्शनी, कार्यशाला, अन्तक्र्रियालगायत कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । काठमाडौँस्थित अमेरिकी दूतावासले आफ्ना कर्मचारीलाई निवासबाहिर ननिस्कन निर्देशन दिएको छ । नेपाल सरकारले चैत १६ देखि लकडाउन घोषणापछि

विर्तामोड । मेचीनगरमा इन्टरनेट र टेलिफोनको तार चोरी गरेको आरोपमा एक किशोरसहित दुई व्यक्ति पक्राउ परेका छन् । मेचीनगर नगरपालिका–७

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेले दर्ता गराउनुभएको रिट निवेदनमा सर्वोच्च अदालतले

काठमाडौँ । काठमाडौँ उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिने भएको छ । सोमबार बिहान काठमाडौँ, ललितपुर र भक्तपुरका प्रशासनबिच