राजधानीमा दिन दहाडै सुन पसलमा लुटपाट गर्न खोज्ने पक्राउ

३ श्रावण २०६९, बुधबार १४:१७ मा प्रकाशित

काठमाडौँ, ३ साउन । स्थानीय गोङ्गबुस्थित शिवमन्दिरनजिक रहेको सुन पसलमा लुटपाट गर्न पुगेका दुई भारतीयलाई प्रहरीले आज बिहान घटनास्थलबाटै पक्राउ गरेको छ ।

शिवमन्दिरनजिक रहेको धौलागिरि सुनाचाँदी पसलमा पुगेका तीनजनाको समूहले लुटपाट गर्दैछ भन्ने विशेष सुराकीका आधारमा गोङ्गबु प्रहरी चौकीबाट खटिएको प्रहरी नायब निरीक्षक दीर्घ बोगटीको टोली लुटेरालाई पक्राउ गर्न सफल भएको हो ।

महानगरीय प्रहरी परिसर हनुमानढोकाका प्रवक्ता धीरजप्रताप सिंहले सुनचाँदी पसलमा लुट्न पुगेका तीनमध्ये दुईलाई प्रनानि बोगटीको टोलीले घटनास्थलबाटै पक्राउ गर्न सफल भएको जानकारी दिनुभयो । उहाँले घटनास्थलमा पुग्न केही ढिलो गरिएको भए लुटेरा सुनचाँदी पसल लुट्न सफल हुने थिए भन्दै समयमा प्रहरीको टोली पुगेपछि लुटेरा एक राउन्ड फायर गरेर भाग्न खोजेको र प्रहरीले घेराबन्दी गरी पक्राउ गर्न सफल भएको बताउनुभयो ।

पक्राउ पर्नेमा भारत समष्टिपुर घर भई हाल गोङ्गबु बस्दै आएका रमेश ठाकुर र रञ्जित सिंह छन् । प्रहरीले उनीहरुको साथबाट एउटा पेस्तोल, एउटा रिभल्बर र तिनका चार÷चार गोलीसमेत बरामद गरेको छ ।  प्रहरीले भाग्न सफल एक भारतीयको खोजी भइरहेको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । भारत भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०७८ को शुभकामना सन्देश दिएका छन् । शुभकामना सन्देशमा पूर्व

काठमाडौँ । राष्ट्र बैङ्ककी निर्देशक सुष्मा रेग्मी रिजाललाई कारागार पठाइएको छ । ज्येष्ठ नागरिक सम्बन्धी कसुर मुद्दामा काठमाडौँ जिल्ला अदालतको

काठमाडौ । कुम्भ मेलामा सहभागी हुन भारतको हरिद्वार पुगेका पूर्वराजा ज्ञानेन्द्र शाह शाही स्नानको रथयात्रामा सहभागी भएका छन् । भारतको

भक्तपुर । मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ मा यस वर्ष आठाँै