पाकिस्तानी प्रधानमन्त्री नेपाल आउने, सलमान खानको भ्रमण भने रोकियो

१८ फाल्गुन २०७४, शुक्रबार २०:५७ मा प्रकाशित

काठमाडौं, १९ फागुन । प्रधानमन्त्री केपी ओलीसँग सम्बन्ध सुधार्ने भारतीय प्रयाश जारी रहेकै बेला पाकिस्तानका प्रधानमन्त्री शाहीद खाकान अब्बासी नेपाल भ्रमणमा आउनु हुने भएको छ । नेपाल सरकारको औपचारिक निमन्त्रणाबिना नै आउन लाग्नुभएको पाकिस्तानी प्रधानमन्त्रीको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । यद्यपि, अनौपचारिक नै भ्रमण भए पनि सरकारले यसलाई औपचारिक बनाउने सम्भावना भने छ ।
परराष्ट्र स्रोतले भने अब्बासी प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिनको लागि नेपाल आउन लाग्नुभएको जनाएको छ। अब्बास नेपाल आउने तयारी भएता पनि मिति भने तय भइसकेको छैन। स्रोतका अनुसार दूतावासले अब्बासको नेपाल भ्रमण सोमबारका लागि प्रस्ताव गरेको छ। उनको भ्रमण दुई दिने हुनेछ। दुई दिने नेपाल भ्रमणको क्रममा अब्बासीले राजनीतिक भेटवार्ता पनि गर्ने कार्यक्रम छ।
नेपाल सार्कको अध्यक्ष हो। अब्बासीको नेपाल भ्रमणलाई सार्क शिखर सम्मेलन आयोजनाको लविङको रुपमा समेत हेरिएको छ। पाकिस्तानमा सन् २०१६ मा हुने भनिएको शिखर सम्मेलन भारत सहभागि नहुने भएपछि स्थगित भएको छ।

सलमान खानको भ्रमण भने रद्द
यता, बलिउड अभिनेता सलमान खानको नेपाल भ्रमण स्थगित भएको छ। फागुन २६ गते टुँडिखेलमा आयोजना गर्न लागिएको ‘दबंग द टूर नेपाल’मा सहभागी हुन आउन लागेका सलमानको भ्रमण नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको विरोधका कारण स्थगित भएको बताइएको छ। आयोजकले सलमान अब वैशाख पहिलो साता नेपाल आउने दावी गरेका छन्।

‘दबंग द टूर नेपाल’को आयोजक ओडिसी इन्टरटेनमेन्टले शुक्रबार एक विज्ञप्ति जारी गर्दै तत्कालका लागि सलमानको भ्रमण स्थगित भएको जानकारी दिएको छ। मार्च १० मा आयोजना गरिएको ‘दबंग द टुर’का लागि सलमानका साथै सोनाक्षी सिन्हा, प्रभु देवा, डेजी शाह, मिट ब्रदर, मनिष पल लगायतका कलाकार नेपाल आउने कार्यक्रम थियो।

प्रतिक्रिया
सम्बन्धित खवर

दमौली । कोभिड सङ्क्रमण पुष्टि भएपछि व्यास नगरपालिका–१ का एक पुरुषको दमौलीस्थित मिर्गौला उपचार केन्द्रमा डायलासिस गरिएको छ । व्यास

काठमाडौँ। पूर्व रानी कोमल शाह अस्पतालबाट डिस्चार्ज भएकी छन् । काठमाडौँको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचाररत शाह आज अपराह्न ४

काठमाडौं । ईस्लाम धर्मावलम्वीहरूको महान पर्व रमजान आज धुमधामसँग मनाउने तयारीमा जुटेका छन् । यो पर्वलाई ‘इद उल फित्तर’ भनिन्छ

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्वको खोप र स्वास्थ्य सामग्री सहयोगका लागि अमेरिकी सरकारसँग आग्रह गर्नुभएको छ । कोभिड–१९ सङ्कट