सत्ता गठबन्धन दुई तिहाईको प्रयासमा

१८ फाल्गुन २०७४, शुक्रबार ११:३० मा प्रकाशित

काठमाडौं, १८ फागुन । यतिबेला नेपाली राजनीतिमा अन्योलजस्तो देखिए पनि सत्तारुढ नेकपा एमाले भने दुई तिहाई पुर्याउने तयारीमा लागेको छ । एमाले र माओवादी केन्द्र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमलाई सरकारमा ल्याउने प्रयासमा छन् । त्यसका लागि संविधान संशोधनको अजेन्डामा सहमति गर्न तयार भएका छन् । बिहीबार एमाले– माओवादी केन्द्र र फोरमबीचको बैठकमा सत्तापक्ष फोरमलाई दुई महत्वपूर्ण मन्त्रालय दिन तयार भएका हुन्।

एमाले संविधान संशोधन गर्न र दुई मन्त्रालय दिन तयार भएको फोरमका एक नेताले बताए । तर, फोरमको माग भने उपप्रधानमन्त्रीसहित तीन महत्वपूर्ण मन्त्रालय पाउनुुपर्ने रहेको ती नेताले जनाए । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली भने उपप्रधानमन्त्री नराख्ने पक्षमा छन् । त्यसैअनुसार उनले आफ्नै पार्टी महासचिव ईश्वर पोखरेल र माओवादी केन्द्रका नेता रामबहादुर थापालाई मन्त्रीमै सीमित गराएका छन्।

एमाले, माओवादी केन्द्र र फोरमबीच बिहीबार सहमति गर्ने तयारी भए पनि वार्ता निर्णायक हुन सकेन । अर्को वार्ता शनिबार हुने र त्यो निर्णायक हुने नेताहरूले बताएका छन् । एमालेका नेता सुवास नेम्बाङले फोरम अध्यक्ष उपेन्द्र यादवले होली मनाउन आफू गृहजिल्ला जानुपर्ने बताएपछि अर्को वार्ता शनिबार साँझ बस्नेगरी टुगिंएको जानकारी दिनुभएको छ। एमाले र माओवादी केन्दसँग वार्ता सकेपछि यादव बिहीबारै विराटनगर जानुभयो। उहाँ आज गृहजिल्ला सप्तरीमा बस्ने कार्यक्रम छ ।
फोरमलाई सरकारमा ल्याए सरकारको पक्षमा दुईतिहाइ पुग्छ । दुईतिहाइको बलियो सरकार बनेको सन्देश दिन चाहन्छन् एमाले र माओवादी केन्द । प्रतिनिधिसभामा एमाले र माओवादी केन्द्रका १ सय ७४ र फोरमका १६ जना सांसद छन् । यो संख्या जोड्दा १ सय ९० हुन्छ, जुन संख्या दुईतिहाइ बहुमतभन्दा बढी हो । सरकार बनाउन एमाले र माओवादी केन्द्रको करिब दुईतिहाइ बहुमत भए पनि संघीय समाजवादी फोरमलाई सरकारमा ल्याउन वाम गठबन्धनले ठूलो मिहेनत गर्नुपछिको मुख्य कारण पनि यही दुईतिहाइ बहुमतको को सन्देश दिन हो।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय कार्यकारिणी समितिको बैठकबारे थाहा नभएको बताएका छन् । ठाकुर-महतो पक्षले वरिष्ठ

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ८१६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्