साउदी अरबमा सप्तरीका एक नेपालीको मृत्यु

३ श्रावण २०६९, बुधबार १४:१६ मा प्रकाशित

काठमाडौ, ३ असार ।  वैदेशिक रोजगारमा साउदी अरब गएका सप्तरीका एक युवकको मृत्यु भएको छ । घोघनपुर–४ निवासी मो महमुद मियाँका ३८ वर्षीय छोरा हकिमको साउदी अरबमा मृत्यु भएको परिवारका सदस्यले बताएका छन् । साउदी अरबस्थित अलकपी धात्मा मोहम्मदिन अब्दुल्ला अल कतानी कम्पनीमा कार्यरत हकिमको शव उनको कोठामा फेला परेको बताइएको छ ।

काठमाडौँको त्रिपुरेश्वरस्थित वल्र्डवाइज म्यानपावर कम्पनीमार्फत डेढ महिना अगाडि मात्र हकिम त्यता गएको पिता महमुदले बताउनुभयो ।
रु एक लाख खर्चेर गएका हकिमका दुई छोरा र दुई छोरी छन् । हकिमको मृत्युपछि उनलाई नेपाल ल्याउन नसक्दा अन्तिम संस्कार भएको छैन । बुढेसकालमा छोराको मृत्युले निकै आघातमा पर्नुभएका पिता महमुदले छोराको शव झिकाइदिन सरकारसँग माग गर्नुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद

लिसवोन । पोर्चुगलस्थित नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च पुनर्गठन भएको छ । ३५ सदस्यीय कार्य कार्यसमितिको अध्यक्षमा अध्यक्ष

नेपाल पत्रकार महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा ओम शर्मा निर्विरोध निर्वाचित हुनुभएको छ । कार्यसमितिको उपाध्यक्षमा डिल्ली अम्माई, सचिवमा पेम्बा गेलु

दमास्कस । ओमानस्थित नेपाली राजदूतावासले हिजो शनिबार साहित्य र प्रकृतिसम्बन्धी एक वेबनारको आयोजना गरेको छ । काठमाडौँको सेरोफेरोका महत्वपूर्ण र