पूर्वराजालाई गोलमेचमा स्थान रहने विप्लवको कथन

२ श्रावण २०६९, मंगलवार २२:२५ मा प्रकाशित


काठमाडौं, २ साउन । कुर्सीका लागि प्रचण्ड र बाबुरामहरुद्वारा राष्ट्रिय स्वाधिनताका मुद्दालाई त्यागेर देशै बेच्न समेत तयार भएकाले पार्टी विभाजन गर्नुपरेको खुलासा नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्दले गरेका छन् । शान्ति र संविधानलाई धरापमा पारेर नेतृत्वले माओवादीलाई अराजक र विकृत पारेको आरोप लगाउंदै विप्लवले भने– ‘नेतृत्व दक्षिणपन्थी संशोधनवादमा फसेकोले क्रान्तिकारितालाई बचाईराख्न पार्टी पुनर्गठन गरेका हौं ।’ पार्टीविभाजनपछि कार्यकर्ता प्रशिक्षणका लागि उनी मंगलबार बाग्लुङ पुगेका छन् । क्रान्तिकारी पत्रकार संघले आयोजना गरेको एक कार्यक्रमबीच बाग्लुङमा उनले उपरोक्त धारणा सार्वजनिक गरेका हुन् ।
सो अवसरमा उनले आफ्नो आर्थिक कमजोरीलाई लुकाउन प्रचण्ड संसदवादमा फसेको आरोप लगाउंदै भने– ‘जनमुक्ति सेनालाई विघटन गर्नु महान भूल थियो, अनमिनले प्रमाणित गरेका जनमुक्ति सेनालाई समपर्ण गराउने अधिकार प्रचण्डलाई थिएन । अब फेरि १९ हजार जनमुक्ति सेनालाई संगठित गरेर हामी अगाडि बढ्छौं ।’
मुलुकलाई राजनीतिक संकटबाट निकास दिनको लागि गोलमेच सम्मेलन आवश्यक रहेको दोहोर्याउंदै विप्लवले माओवादीको एजेण्डामा आए पूर्वराजा ज्ञानेन्द्र पनि गोलमेचमा सहभागी हुन सक्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली कांग्रेसले आफ्नो पार्टी मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसिसी) सम्झौताप्रति सकारात्मक भएको जनाएको छ। कांग्रेसकी केन्द्रीय सदस्य डा.डिला सङ्ग्रौलाले नेपाल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएका नेकपा एमालेका नेता रामबहादुर थापा बादललाई गृहमन्त्रीमै पुनः नियुक्ति गर्ने

काठमाडौं । नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट शुक्रबार प्राप्त मूल्य सूचीअनुसार

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले तीन मन्त्री नियुक्त गर्नुभएको छ । यही वैशाख ३ गते विश्वासको मत