प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारमा रिमाल, मन्त्रालयको संख्या १७ मात्र

११ फाल्गुन २०७४, शुक्रबार १०:४० मा प्रकाशित

काठमाडौं, ११ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक सल्लाहकारमा एमाले नेता विष्णु रिमाललाई निुयक्त गरिएको छ । एमाले भ्रातृ संगठन नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट)का अध्यक्षसमेत रहनुभएका रिमाले ओलीलाई लामो समयदेखि नजिकबाट सहयोग गर्दै आउनुभएको छ । एमाले पोलिट ब्यूरो सदस्यस रिमाल यसअघि २०६४ को संविधानसभा सदस्य पनि हुनुहुन्थ्यो ।

मन्त्रिपरिषद्को बैठकले रिमाललाई प्रधानमन्त्रीको राजनीतिक सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले जानकारी दिनुभयो । पण्डितका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित मन्त्रालयको संख्या १८ वटा कायम हुनेछ । हामल मुलुकमा ३० वटा मन्त्रालय छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । यससँगै मन्त्रिपरिषद अब १८ सदस्यीय बन्ने बताइएको छ । संविधानअनुसार संघीय मन्त्रिपरिषदमा २५ सदस्यसम्म हुन सक्नेछन् ।
यसअघि बिहीबार सत्तारुढ एमालेले १० र माओबादीले ७ मन्त्रालय लिने सहमति भइ मन्त्रालय बाँडफाँडको टुंगोसमेत लागिसकेको छ । दुवै दलमा मन्त्री छान्ने गृहकार्य भइरहेको र शुक्रबार दिनभरमा मन्त्रिपरिषद विस्तार हुने सम्भावना छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

नयाँ दिल्ली । कोरोनाभाइरसको दोस्रो लहरको सामना गरिरहेको भारतमा केही दिनदेखि संक्रमितको दैनिक मृत्यु संख्यामा कमी आएको छैन । भारतको

बागलुङको बडिगाड गाउँपालिका–४ मा एकैघरका तीन जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । उनीहरूको एक हप्ताभित्रै मृत्यु भएको हो ।

लण्डन । गैरआवसीय नेपाली युकेले नेपालमा बढ्दै गइरहेको कोरोनाको नियन्त्रण र रोकथामका लागि बेलायतबाट सक्दो सहयोग गर्न यहाँका नेपालीहरूलाई एकजुट

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तेस्रो पटक प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई नेपालको