एमालेलाइ १० र माअाेवादीलाइ ७ मन्त्रालय दिने सहमती

१० फाल्गुन २०७४, बिहीबार १८:३७ मा प्रकाशित

काठमाडौं १० फागुन । नेकपा एमाले र माओवादी केन्द्रबीच मन्त्रालयको भागवण्डा टुंगिएको छ । एमाले १० र माओवादी केन्द्रले ७ मन्त्रालय लिने गरी समझदारी जुटेको हो ।बिहीबार बिहान बालुवाटारमा बसेको प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भागवण्डा टुंग्याउनु भएकाे हाे । एमाले महासचिव  इश्वर पोखरेलले मन्त्रालय बाँडफाँटमा समझदारी भएको जानकारी दिनुभयाे। यद्यपि छलफल चलिरहेको उहाँको भनाइ थियो ।मन्त्रालयको भागवण्डापछि एमालेले शुक्रबार बिहान पार्टी स्थायी कमिटीको बैठक डाकेको छ भने माओवादी केन्द्रभित्र पनि सरकारमा कसलाई पठाउने भन्नेबारे छलफल चलिरहेको छ ।

एमाले र माओवादी केन्द्रबीच १८ मन्त्रालय राख्ने समझदारी बुधबार नै भएको थियो । त्यसै मुताविक एमालेले प्रधानमन्त्री सहित १० मन्त्रालय र माओवादी केन्द्रले ७ मन्त्रालय बाँडेका हुन् । एमालेले अर्थ तथा योजना, परराष्ट्र, रक्षा, भौतिक पूर्वाधार तथा यातायात, संघीय मामिला तथा सामान्य प्रशासन, सूचना सञ्चार, कानुन, न्याय तथा संसदीय मामिला, पर्यटन शिक्षा तथा खेलकुद र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय राख्ने भएको छ ।

त्यस्तै माओवादी केन्द्रले गृह, जलस्रोत तथा ऊर्जा, उद्योग, वाणिज्य तथा आपूर्ति, शहरी विकास, आवास खानेपानी तथा सरसफाइ, वन तथा वातावरण, कृषि, सहकारी तथा भूमि व्यवस्थापन, श्रम तथा रोजगार तथा महिला बालवालिका मन्त्रालय लिने समझदारी गरेको छ । व्यक्तिको विषयमा टुंगो लगाएर शुक्रबार नै सपथ ग्रहण गराउने प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको तयारी छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

पोखरा । गण्डकी प्रदेशसभाका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीले गण्डकी प्रदेशमा गरिएको मुख्यमन्त्रीको नियुक्ति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त सरकार बनाउन दिएको तीन दिनको म्याद बिहीबार सकिँदै छ। बिहीबार साँझ ९ बजेसम्ममा विपक्षी

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ९ हजार ३ सय ५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने १ सय

काठमाडौं । राष्ट्रिय जनता पार्टीको महन्थ ठाकुर पक्षले राष्ट्रपतिलाई बहुमतीय सरकारमा सहभागी नहुने जानकारी गराएको छ । राजपाका अध्यक्ष महन्थ