बीपीको विस्थापन र काङ्गे्रसको औचित्य – देवप्रकाश त्रिपाठी

२ श्रावण २०६९, मंगलवार २१:५५ मा प्रकाशित


आफ्नो रक्षा र हितप्रति संवेदनशील रहनुलाई प्राणीजगत्को सामान्य विशेषता मानिन्छ । प्राणी भएका कारण मानिसमा पनि आफूप्रतिको संवेदनशीलता हुनु स्वाभाविक हो । यसबाहेक मानिसमा विवेक हुने सम्भावना भएकोले उसमा अरू पनि आफूजस्तै हुन् भन्ने कुराको ज्ञान–चेतना हुनसक्छ । अरूहरूको हितमा समेत आफूलाई समर्पित गर्न सक्ने मानिसलाई साधारण मानिसका रूपमा बुझ्नु उचित हुन सक्दैन । प्राणीजगत्को हितचिन्तकलाई महाज्ञानी भनिएजस्तै मानव मात्रको कल्याणमा समर्पित मानिसलाई अगुवा वा नायक भन्न सकिन्छ । तर एकथरी मानिस आफ्नो आन्तरिक इच्छापूर्तिका निम्ति अरूलाई प्रयोग–उपयोग गर्ने क्षमता राख्छन् भने अर्का एकथरीचाहिं अन्यको हितमा आफूलाई समर्पण गर्ने खालका हुन्छन् । मार्टिन लुथर किङ, नेल्सन मण्डेला, गान्धी र बीपी कोइरालाजस्ता मानिसले अरूहरूको हितका निम्ति आफूलाई समर्पण गरेका थिए भने नेपालको सन्दर्भमा प्रचण्ड र गिरिजाप्रसाद कोइरालाहरूमा चाहिं आफ्नो हितका निम्ति अरूलाई प्रयोग–उपयोग गर्नसक्ने प्रचुर क्षमता रहेको देखिन्छ । को मानिस आफ्नो हितरक्षाका लागि अरूलाई प्रयोग गर्न अग्रसर भएको हो र को सांच्चै अन्यको हितमा आफूलाई समर्पित गर्दै छ भन्ने कुराको भेद खुट्याउन सकिएन भने देश र समाजले अनपेक्षित सास्ती व्यहोर्नुपर्ने हुन्छ । आफूलाई सर्वेसर्वा बनाउने निहित उद्देश्यका लागि मात्र प्रचण्डले क्रान्तिको आवरण ग्रहण गरेको वास्तविकतालाई नेपाली जनताले समयमै ठम्याउन सकेको भए आज नेपाल र नेपालीले यस प्रकारको दुर्गति र बेथिति व्यहोर्नुपर्ने थिएन भन्ने निष्कर्षमा पुग्न अब अरू थप समय पर्खनुपर्ने छैन । गिरिजाप्रसाद कोइरालाको भूमिका पनि आफैंलाई केन्द्रबिन्दुमा राखिरहनका लागि थियो भनियो भने कतिलाई यो अपाच्य हुनसक्ला, तर परिणामहरूले गिरिजाप्रसाद आफूभन्दा माथि उठ्न कहिल्यै प्रयत्नशील थिएनन् भन्ने तिक्त यथार्थको प्रमाण पेस गरिरहेका छन् । तर, बीपी कोइरालाले भने आफ्नो सम्पूर्ण जीवन प्रजातन्त्र, जनता र देशका नाममा समर्पण गरेका रहेछन् भन्ने कुराको पुष्टि दिनप्रतिदिन सुदृढ हुंदै गएको छ । बीपी कोइरालाको ३१औं स्मृतिका अवसरमा यिनै सन्दर्भहरूमा विवेचना गर्नु यहां वाञ्छनीय ठानिएको छ ।
जननेता बीपी कोइरालाको नेपाली जनता र प्रजातन्त्रप्रतिको निष्ठामा शङ्का गर्नुपर्ने ठाउं कतै देखिएको छैन । एकतन्त्रीय राणाशाही र पञ्चायती निरङ्कुश शासनविरुद्धको आन्दोलनमा बीपीले दर्शाउनुभएको निष्ठा र इमानदारीपूर्ण समर्पणले उहांको उचाइ बढाएको यथार्थलाई आज आमनेपाली र विश्वका हितैषीहरूले स्वीकार गरेका छन् । बीपीको विचार–दर्शन मूलतः तीन आधारभूत तŒवहरूबाट अभिपे्ररित थिए– राष्ट्रवाद, प्रजातन्त्रवाद र जनहित । उहांको नेतृत्वमा काङ्गे्रसले राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई मूलमन्त्र बनाउनुको मुख्य कारण पनि त्यही नै थियो । बीपी कोइराला दक्षिणी र वामपन्थी दुवै कुनाबाट प्रजातन्त्र तथा प्रजातान्त्रिक प्रक्रियामाथि हुनसक्ने सम्भावित क्षतिप्रति पूर्ण रूपले सचेत हुनुहुन्थ्यो । वि.सं. २००४ सालदेखि पञ्चायतीकालको मध्यसम्म नेपालको प्रजातन्त्रमाथि दक्षिणी कुनाबाट मात्र खतरा रहेको ठान्नुहुने उहांले पञ्चायतको उत्तरार्धमा भने उग्रवामपन्थीहरूबाट भविष्यमा सृष्टि गरिनसक्ने चुनौतीहरूको सङ्केत पाएर हुनुपर्छ, बीपी कम्युनिस्टहरूप्रति पञ्चायतप्रतिजत्तिकै आक्रामक देखिनुहुन्थ्यो । २०३७ सालमा जनमतसङ्ग्रहको परिणाम प्राविधिक दृष्टिले पञ्चायतको पक्षमा गएपछि बीपीमाथि उक्त परिणाम अस्वीकार गर्न चौतर्फी दबाब पर्दा वामपन्थी र उग्रवामपन्थी कुनाबाट आइरहेका त्यस्ता दबाबहरूबाट उहां प्रभावित हुनुभएन । राजसंस्थासहितको प्रजातन्त्र मात्र देश र जनताका निम्ति उपयुक्त हुने घोषणा टुंडिखेलको खुलामञ्चबाट गर्दै उहांले राजालाई समेत जनअधिकार फिर्ता गर्न चेतावनी दिनुभएको थियो । त्यसबेला बीपीले राजाको घांटीसंग आफ्नो घांटी जोडिएको भनी प्रतीकात्मक अभिव्यक्ति दिनुुहुंदा धेरैलाई त्यो ग्राह्य हुन सकेको थिएन । काङ्गे्रसको खिल्ली उडाउन कम्युनिस्टहरूले धेरै पछिसम्म बीपीको उक्त अभिव्यक्तिको उद्धरण गर्ने गरेका थिए, तर त्यसबाट उहां हतोत्साही हुनुभएन । बरु २०३७ साल चैत २६ गते एक विज्ञप्ति जारी गरी उहांले भन्नुभएको थियो, ‘प्रजातान्त्रिक शक्ति क्षीण भए राजा क्षीण हुने र राजा क्षीण भएमा प्रजातान्त्रिक शक्ति क्षीण हुने कुरा यी दुवै शक्तिहरूले बुझ्नुपरेको छ कि दुईमध्ये कुनै पनि शक्तिको अभावमा मुलुकको स्वतन्त्रता पनि रहन सक्दैन’ (हेर्नुहोस् नेपाली काङ्गे्रस ऐतिहासिक दस्तावेजहरू–पृष्ठ १७९) । सोही विज्ञप्तिमा बीपीको भनाइ थियो, ‘सक्रियताको नाममा हामी कुनै समाजविरोधी उग्रवादी तŒवसंग पनि संलग्न हुने छैनौं । किनभने यसप्रकारका उग्रवादीहरू, पञ्चायतको यथास्थितिको समर्थक उग्रवादीसरह नै हाम्रो विरोधका शक्ति हुन् । जुन राष्ट्रिय एकता हामी सिर्जना गर्न चाहन्छौं उग्रवादीहरू त्यसका विरोधी छन्, किनभने ती प्रजातन्त्रको आदर्शका पनि विरोधी छन् र राष्ट्रिय हितका पनि विरोधी छन् ।’ २०३८ फागुन २५ गते जारी विज्ञप्तिमा बीपीले स्पष्ट रूपमा भन्नुभएको छ, ‘विदेशीहरूद्वारा उचालिएका उग्रवादीहरूसंग एकता या संयुक्त मोर्चा राष्ट्रिय हितमा छैन भन्ने मेरो दृष्टिकोणको कारणले ममाथि कताबाट आक्रमण भइरहेको छ भन्ने म बुझ्न सक्दछु ।’ यसरी बीपी कोइरालाले विभिन्न सन्दर्भमा उग्रवादी र तीसंग काङ्गे्रसले कायम राख्नुपर्ने दूरीबारे स्पष्ट धारणा व्यक्त गर्नुभएको हो । उग्रवामपन्थ भनेको चरम नकारात्मक सोच र प्रवृत्तिको उपज हो र त्यस्तो प्रवृत्तिलाई सधैं विरोध र आक्रामक रूपमा प्रस्तुत हुने एउटा कुनै ‘कुनो’ चाहिन्छ । संवैधानिक या आलङ्कारिक नै भए पनि राजसंस्था रहंदासम्म उग्रवामपन्थीहरूलाई पत्थर प्रहार गर्ने ठाउंको अभाव हुंंदैन । राजसंस्था नरहे पनि उग्रवामपन्थीहरूको ‘क्रान्तिकारिता’ विघटन नहुने हुंदा फेरि पनि उनीहरूलाई ‘ढुङ्गा हान्ने’ एउटा ठाउं चाहिन्छ । ढुङ्गा हान्ने ठाउं नरहेको अवस्थामा उग्रवामपन्थीहरूको निशानामा सोझै प्रजातान्त्रिक शक्ति पर्छन् । नेपालमा गणतन्त्र घोषणा भएलगत्तै माओवादीले नेपाली काङ्गे्रसलाई मुख्य सत्रु तोक्नुले पनि उपर्युक्त तथ्यको पुष्टि गर्दछ । चाइनामा डा. सनयात सेनको नेतृत्वमा गणतन्त्र स्थापना गरेपछि माओवादी र कोमिन्ताङ पार्टीबीच सीधा सङ्घर्ष सुरु भएको वास्तविकताबारे बीपी कोइराला जानकार हुनुहुन्थ्यो । नेपालको प्रजातान्त्रिक आन्दोलनका निम्ति उग्रवामपन्थ एउटा गम्भीर चुनौती बन्नसक्छ भन्ने देखेर नै बीपीले उनीहरूस“गको गठबन्धन या कुनै पनि प्रकारको कार्यगत एकतालाई निषेध गर्ने सोच बनाउनुभएको हुनुपर्छ । २०४६ सालमा त त्यसबेलाका वामपन्थी अगुवाहरूले बहुदलीय प्रजातन्त्रका प्रति एउटा इमानदारीपूर्ण प्रतिबद्धता दर्शाएको हुनाले मात्र गणेशमानजीले आफूहरूलाई ‘फलो’ गर्ने मौका दिनुभएको हो । त्यसबेला आन्दोलनको अगुवाइ गर्ने वामपन्थीहरू उग्रविचारबाट मुक्तप्रायः भइसकेका थिए । तर, माओवादी ०४६ सालका वामपन्थीजस्ता थिएनन्, होइनन् र रहने पनि छैनन् । बीपी कोइरालाले उग्रवामपन्थबाट प्रजातान्त्रिक आन्दोलनको रक्षा गर्नुपर्ने कुरालाई प्राथमिकतामा राख्नुको कारण सामान्य थिएन । तर, बीपीको मार्गदर्शनबाट चलेको दाबी गर्ने काङ्गे्रसले उहा“को सुनुवाइ गरेन । वीपीवादलाई क्षयीकरण गराउने कार्यमा उहा“को सहोदर भाइले पार्टी सभापतिका रूपमा अगुवाइ नगरेको अवस्था हुन्थ्यो भने काङ्गे्रस पार्टी यसरी दिग्भ्रमित हुन असम्भव थियो । बीपीले राजा या राजसंस्थाप्रति ममता या सद्भाव दर्शाउनुपर्ने कुनै निजी स्वार्थपरक कारण थिएन । आफ्नो जीवनमा सबैभन्दा ठूला–ठूला दुःख र कष्ट उहा“ले राजा–महाराजाहरूकै कारण पाउनुभएको तथ्य छोपेर छोपिने प्रकारको छैन । वि.संं. २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्कने क्रममा उहा“ले दिनुभएको अभिव्यक्तिले पनि राजास“गको सम्बन्ध उजागर गरेको छ । बीपीले भन्नुभएको थियो, ‘मलाई राजाले मारिदिन पनि सक्छन्, सबैलाई जे पनि गरिदिन सक्छन् ।’ राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र र जनतालाई केन्द्रबिन्दुमा राखेर धारणा निर्माण गरेकोले मात्र बीपी त्यसप्रकारको निचोडमा पुग्नुभएको थियो । तर, गिरिजाप्रसाद कोइरालाले बीपीको भावनाको अवज्ञा गर्दै काङ्गे्रस पार्टीलाई माओवादीको एजेण्डा बोकाएर हि“डाउने अग्रसरता लिनुभयो । त्यसको परिणाम अहिले नेपाली काङ्गे्रस, प्रजातन्त्र र सिङ्गै मुलुकले व्यहोर्नु परिरहेको छ । बीपीको मार्गदर्शनलाई परित्याग नगरौ“ भन्दा शैलजा आचार्यजस्ती होनहार नेतृले पूर्णउपेक्षित जीवन बा“च्दै अपहेलित भएर अल्पायुमा नै मर्नुप¥यो । कृष्णप्रसाद भट्टराईजस्ता महानेताले पनि बीपीको पक्ष लि“दा अपमानित र अपहेलित भई देहत्याग गर्नुप¥यो । त्यसो त गणेशमानजस्ता लौहपुरुषले पनि अपमानको दुन्दुभीका बीच प्राण त्याग गर्नुपरेको हो । बीपी नै बा“चिरहनुभएको भए पनि उहा“ले कुन डिग्रीको अपमान व्यहोर्नुपथ्र्यो त्यसको अनुमान गर्न सकिन्छ । चमत्कार भएर स्वयम् बीपी कोइराला यतिबेला नेपाली धर्तीमा अवतरण भए भने यो निश्चित छ कि आफूले निर्माण गरेको काङ्गे्रस पार्टीलाई यहा“ उहा“ले फेला पार्नुहुने छैन । जुन विचार, दर्शन र गन्तव्यका लागि आफ्नो पूरै जीवन समर्पण गरिएको थियो, त्यही विचार र गन्तव्यबिनाको हुल सानेपा, महाराजगन्ज, बोहोराटार या बुढानीलकण्ठतिर भेट्दा सायद बीपीस“ग अभिव्यक्तिका लागि कुनै शब्द हुने छैनन्, दुई थोपा आ“सु तरक्क झारेर अन्तध्र्यान हुनुको विकल्प बीपीस“ग रहने छैन । काङ्गे्रसलाई बीपीको चाहना र भावनाअनुरूप परिचालन गर्ने सोच वर्तमान सभापति सुशील कोइरालाले अवश्य राख्नुभएको छ । पार्टीको कमान आफ्नो हातमा आइसकेपछि उहा“ले दर्शाउनुभएको व्यवहारले त्यस्तै कुराको सङ्केत गर्दछ । कुण्ठा र बदलाको भावनाले ग्रस्त व्यवहार सुशील कोइरालाबाट प्रकट भएको महसुस गरिएको छैन । बरु पार्टीभित्र सहयोग गर्नेहरूभन्दा असफल तुल्याउन चाहनेहरूको सक्रियताको सिकार सुशील कोइराला बन्नुभएको ठानिन्छ । काङ्गे्रसलाई आफ्नो मौलिक पहिचानसहितको हैसियतमा पु¥याउन अब निकै कठिन छ, तर सभापति कोइरालाले माओवादीको लाचार छाया बनिरहेको अवस्थाबाट पार्टीलाई मुक्त गर्न गर्नुभएको प्रयास आफैंमा सराहनीय मान्न सकिन्छ । जस्तोसुकै कठिनाइपूर्ण चुनौतीहरूको सामना गर्नुपरे पनि बीपी कोइरालाले पार्टीको आदर्श, सिद्धान्त, मूल्य–मान्यता, दिशा, मर्यादा, प्रतिष्ठा र मनोबल उच्च तुल्याउ“दै जीवन उत्सर्ग गर्नुभएको हो । मृत्युपछि उहा“ अझै अग्लिनुभएको महसुस धेरै नेपालीले गरेका छन् । उग्र वामपन्थी धारका अगुवा प्रचण्ड र दक्षिणपन्थी खेमाका कमल थापाले समेत बीपी कोइरालाको प्रशंसा गर्नुले वास्तवमा उहा“ सही हुनुहुन्थ्यो भन्ने कुराको सन्देश दिन्छ । गिरिजाप्रसाद कोइरालाले भने आफूलाई अग्ल्याउन खोज्दा पार्टी, पार्टीको सिद्धान्त, विचार, दर्शन, मौलिकता र गन्तव्य होचिन पुगेको छ । सायद बीपी र जीपीबीचको अभेद्य अन्तर पनि यही नै हो कि एकजनाले आफूलाई होच्याएर पनि पार्टीलाई अग्ल्याए, अर्काले पार्टीलाई होच्याएर आफूलाई अग्लो बनाउने प्रयास गरे । सुशील कोइराला इमानदारी, निष्ठा र विचारमा अब्बल हुनुभएकोले बीपीको सम्मानका खातिर आफ्नो कार्यकालमा केही न केही योगदान उहा“बाट पुग्ने आशा गरिएको छ ।
विकासोन्मुख मुलुकहरूमाथि दृष्टिपात गर्दा प्रजातन्त्रमाथि दक्षिणी र वाम दुवै धु्रवबाट खतरा रहने गरेको देखिन्छ । नेपालको प्रजातन्त्र लामो समयदेखि दक्षिणपन्थीहरूको कोपभाजनमा पर्दै आएको हो । इन्डोनेसिया, फिलिपिन्स, थाइल्याण्ड, पाकिस्तान, बंगलादेश, बर्मा र नेपालजस्ता मुलुकहरू दक्षिणपन्थी अधिनायकवादको चपेटामा पटकपटक पर्ने र मुक्त हुने गर्दै आएका हुन् । २०६३ को राजनीतिक परिवर्तनपश्चात् नेपालमा दक्षिणी धु्रव अति कमजोर भए पनि प्रजातन्त्र सुदृढ हुन सकेन, बरु ‘दक्षिण’को विकल्प बन्दै वामशक्तिको जबर्जस्त उदय भएको छ । वाम अधिनायकवाद दक्षिणपन्थी अधिनायकवादभन्दा कैयन गुणा खतरनाक मानिन्छ । मार्कोसदेखि जियाउल हक र सुहार्तोदेखि कर्णेल गद्दाफीसम्मका शासनकालको अध्ययन गर्ने हो भने उनीहरू स्टालिन, माओत्से तुङ, किमइल सुङ र फिडेल क्यास्त्रोभन्दा कमजोर र दुर्बल देखिन्छन् । दक्षिणपन्थी तानाशाहहरू जनताको नाममा शासन गर्ने हिम्मत गर्दैनन् र शासनकाल पनि ज्यादै लामो हुने गर्दैन । एउटा तानाशाहको अन्त्यपछि स्वतः प्रजातन्त्र बहाली भएको देखिन्छ । तर, एकपटक कम्युनिस्टले सत्ता कब्जा गरेपछि प्रजातन्त्र बहाल हुन धेरै लामो प्रतीक्षा गर्नुपर्ने हुन्छ । रसियामा ७२ वर्षसम्म अधिनायकवादी शासन चल्यो भने उत्तरकोरिया, चाइना र क्युवामा ६ दशक नाघिसक्दा पनि ती मुलुकमा प्रजातन्त्र अझै सपनाजस्तो भइरहेको छ । जनसाधारणको हत्या पनि वामपन्थी अधिनायकवादी शासनमा ज्यादा हुने गरेको देखिन्छ । माओत्से तुङले २७ वर्ष लामो शासनकालमा ६ करोडभन्दा बढी जनताको हत्या गरेको बताइन्छ भने रसियामा कतिले ज्यान गुमाए त्यसको अनुमान गर्न सकिने स्थिति छैन । स्टालिनले आफूस“ग असहमत ९४ हजार कम्युनिस्ट कार्यकर्ता मात्र मारेको विवरण सार्वजनिक भएको छ । यी तथ्यहरूले दक्षिणपन्थी तानाशाहभन्दा वामपन्थी अधिनायकवाद खतरानाक भएको सङ्केत गर्दछ । बीपी कोइरालाले यसबारे राम्रो हेक्का राखेर हुनुपर्छ– ‘दुईथरी तानाशाहमध्ये उग्रवामपन्थीलाई घातक ठान्नुभयो र उनीहरूस“ग दूरी बनाउन पार्टीलाई मार्गनिर्देश गर्नुभयो । बीपीको यो मार्ग–निर्देशनको उपेक्षा गर्दा काङ्गे्रस र प्रजातान्त्रिक आन्दोलन मात्र कमजोर भएन, देशको राष्ट्रिय एकता र सार्वभौमिक स्वतन्त्रतामा पनि गम्भीर क्षति पुगेकोे छ । संविधानसभाको स्वाभाविक मृत्युपश्चात् राष्ट्रवादी र प्रजातन्त्रवादीहरूलाई एउटा सुवर्ण अवसर उपलब्ध भएको छ । प्रजातान्त्रिक आन्दोलनलाई विस्थापित भइसकेको राजसंस्थाभन्दा अतिवामपन्थीहरूबाट ज्यादा खतरा रहेको वास्तविकतालाई बुझेर सोबमोजिम आफ्ना नीति, कार्यक्रम र दृष्टिकोणमा सुधार ल्याउन काङ्गे्रसले सकेन भने आफ्ना संस्थापक नेता बीपी कोइरालामाथि अन्याय गरेको मात्र ठहरिने छैन, नेपालबाट प्रजातन्त्र विस्थापनमा समेत ‘योगदान’ पु¥याएको इतिहासले प्रमाणित गर्नेछ ।
[email protected]

प्रतिक्रिया
सम्बन्धित खवर

भक्त वाग्ले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी एकिकरण हुंदाका दुई पार्टीहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्र मध्ये व्यवस्थित,अनुशासित र विधिमा

काभ्रेपलाञ्चोक । पुरातत्व विभागले पाँचखाल नगरपालिकास्थित पुरातत्वस्थलमा ‘जियोफिजिकल सर्वे’ (भू–भौतिकी सर्वेक्षण) गर्न काभ्रेपलाञ्चोकको सरोकारवाला निकायसँग सहयोगको अपिल गरेको छ ।

काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी नामसम्बन्धी विवादबारे रिट निवेदक ऋषिराम कट्टेलको पक्षमा फैसला सुनाएपछि नेकपा विघटन भएको छ

आरोन थापा मेरो सबैभन्दा सानो साथी जो एल केजीमा पढछन्, उनले आज बिहान मलाई नेपालबाट भोइस मेसेज पठाए, ”म आज