मन्त्रालयमा अझै कुरा मिलेन, फोरमलाई पनि सरकारमा ल्याउने तयारी

९ फाल्गुन २०७४, बुधबार १९:३५ मा प्रकाशित

काठमाडौं ९ फागुन ।एमाले र माअाेवादीबीच भएकाे बुधबारकाे बैठक विना निष्कर्ष टुंगीएपछी मन्त्रालयको संख्या कति राख्ने र मन्त्रालयको बाँडफाँट कसरी गर्ने भन्ने विषय अन्याेलमा परेकाे छ । मंगलबार र बुधबार प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच  छलफल भएको थियो ।  तर, मन्त्रालयको संख्या र मुख्य– मुख्य मन्त्रालय कसले लिने भन्ने टुंगो लाग्न नसकेपछि मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेको हो । “मन्त्रालय संख्या र वरियताबारे छलफल भइरहेको छ । यसैले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको हो,” एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयाे । अर्थ तथा योजना, उद्योग, वाणिज्य, आपूर्ति तथा पर्यटन, कृषि, सिँचाइ, खाद्य सुरक्षा, सहकारी र भूमिसुधार, वन, वातावरण, जलवायु परिवर्तन, भौतिक पूर्वाधार तथा यातायात, ऊर्जा (जलविद्युत् तथा नवीकरणीय), सहरी विकास, आवास, खानेपानी तथा सरसफाइ, सूचना–सञ्चार तथा विज्ञान प्रविधि, महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाजकल्याण, युवा, श्रम तथा रोजगारी, शिक्षा, खेलकुद तथा संस्कृति, स्वास्थ्य तथा जनसंख्या, संघीय मामिला तथा सामान्य प्रशासन, गृह, रक्षा, कानुन, न्याय तथा संसदीय मामिला र परराष्ट्र मामिलासमेत गरी मन्त्रालय संख्या १८ वटा बनाउन गठबन्धनको तयारी भए पनि एमाले मन्त्रालय संख्या १५ मै सीमित गर्ने तयारीमा रहेको ज्ञवालीको भनाइ छ ।“हामी सकेसम्म मन्त्रालय संख्या १५ भन्दा बढी बनाउने पक्षमा छैनौँ,” ज्ञवालीले भन्नुभयाे  । आइतबार एमाले–माओवादीबीच पार्टी एकताको सात बुँदे आधारपत्रमा हस्ताक्षर भयो । त्यसको केही बेरअघि संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव सुटुक्क बालुवाटार पसेकाे जानकारी अाएकाे छ । बाम गठबन्धनको बैठकमा उपेन्द्रको प्रवेश सरकारमा मधेसवादी दलसमेतलाई सहभागी गराउन रहेको स्रोतको दाबी छ । उपेन्द्रलाई पूर्वमन्त्री अग्नि खरेलले बालुवाटार पुर्याएकाे भनाइ छ  । बुधबार पनि नेकपा एमाले र संघीय समाजवादी फोरम नेपालबीच छलफल भएको थियो । बैठकमा संविधान संशोधनको विषयमा एमाले लचिलो देखिएको स्रोतले जनाएको छ ।स्रोतका अनुसार एमालेले सरकारमा सकेसम्म राजपा नेपाललाई पनि सहभागी गराउने प्रयास गरेको स्रोतले जानकारी दियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति देउवासँग आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन् । बुधबार देउवा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ताको पत्र आज संसद् सचिवालयलाई बुझाएको छ । प्रधानमन्त्री केपी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन संसद अधिवेशन आह्वान गरेपछि उनलाई असफल बनाउने रणनीति तय गर्न विपक्षी

जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुख एवं महानिर्देशक टेड्रस अधानोम गेब्रेयससले कोभिड–१९ सङ्क्रमणको दर बढ्दै जाँदा र धेरै