कमरेड मनोज पुन प्रहरीले इन्काउन्टरमा मार्यो

९ फाल्गुन २०७४, बुधबार १०:२९ मा प्रकाशित

बुटवल, १० फागुन । पूर्व वाइसिएल नेता तत्कालिन युथ फोर्स कमान्डर कमरेड एवं गुण्डा नाइके मनोज पुन प्रहरी इन्काउन्टरमा मारिएका छन् । कमरेड पुनसंगै निर्माण व्यवसायी शरदकुमार गौचनको हत्यामा संलग्न गुण्डा नाइके सोम आले समेत प्रहरी इन्काउन्टर भन्दै मिलोमतोमा हुने संगठित अपराधमा नमिलेको हिस्साका कारण मारिएका छन् ।

बुधबार बिहान रुपुन्देहीको देवदह नगरपालिका-४ भवानीपुरमा प्रहरी कारबाहीमा कमरेड पुन र गुण्डा नाइके आले दुवैजना मारिएको रुपन्देहीका प्रहरी प्रमुख श्याम ज्ञवालीले प्रहरीको पूर्व योजना अनुसार कथित योजना सार्वजनिक गरेका छन् ।

ज्ञवालीका अनुसार उनीहरु नेपाल आएको सूचनाका आधारमा सम्बन्धित इलाकामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआर्इबी)ले सर्च अभियान चलाएको थियो । सर्च अभियनामा गएको सिआईबीका अंगुर जीसीको टोलीमाथि पुन र आलेले फायरिङ गरेको भन्ने कथित योजना बनाएर उनीहरुको हत्या गरियो । प्रहरीले कमरेड एवं गुण्डा नाइकेलाई मारेपछि लुम्बिनी अञ्चल अस्पतालमा लगेर चिकित्सकको साहारामा मृत घोषित गरेका थिए ।

कमरेड पुन युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारी, निमार्ण व्यवसायीका अध्यक्ष शरदकुमार गौचन र बुटबलका फर्निचर व्यवसायी बसन्त पौडेलको हत्याका योजनाकारको आरोपमा नेपाल प्रहरीले भाग बंडामा मोल तोल नमिलेपछि मस्टवान्टेड सूचीमा राखेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । कोरोना संक्रमण परीक्षणका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ । आज बालुवाटारमा प्रधानमन्त्री, उनका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले आइतबार बस्नेगरी बैठक बोलाएका हुन् ।

काठमाडौं । नेकपा एमालेको वरिष्ठ नेता माधव कुमार नेपालले ओलीसँग कुनै सहमति नभएको जानकारी दिएका छन् । उनले सामाजिक सञ्जाल

गैरआवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् अमेरिकासहित विभिन्न सङ्घसंस्था तथा प्रतिष्ठित व्यक्तिले अमेरिकी सरकारका अङ्गहरुमार्फत कोभिड–१९ को कहरले प्रभावित नेपाललाई