अढाइ करोडको विस्तारित बैठक ः समाचार विश्लेषण

२ श्रावण २०६९, मंगलवार २१:४३ मा प्रकाशित


काठमाडौं, २ साउन । साढे दुई करोडभन्दा बढीको लगानीमा एकीकृत माओवादीले मंगलबारबाट पार्टीको विस्तारित बैठक सुरु गरेको छ । पार्टीको सातौं विस्तारित बैठकका लागि माओवादीले विभिन्न उद्योगी, व्यापारी, सङ्घ÷सङ्गठन, पार्टीका कार्यकर्ता, शिक्षक, कर्मचारीलगायत सबैबाट चन्दास्वरूप चर्को रकम असुलेर पार्टीको विस्तारित भेलाका नाममा खर्च गर्न लागेको हो । आम्दानीको स्रोतका रूपमा पार्टी कार्यकर्ताको लेबी र सहयोग देखाएको एमाओवादी विस्तारित भेला आयोजक समितिले यति धेरै रकम कहां–कहां खर्च गर्ने भन्नेबारे केही खुलाएको छैन । उनीहरूले विभिन्न जिल्लाबाट आएका कार्यकर्तालाई उपत्यकामा रहेका पार्टी कार्यकर्ताको डेरा तथा स्कुलमा राख्ने तयारी गरेका छन् । त्यस्तै विभिन्न जिल्लाबाट भेलामा आउने सहभागीका लागि विभिन्न यातायातमा निःशुल्क व्यवस्था गरेको छ ।
उनीहरूले विभिन्न उद्योगीलाई पत्रमा नै सहयोग रकम तोकी पार्टीको सातौं विस्तारित बैठकका लागि सहयोग गर्न भन्दै पत्र पठाएका थिए । गोल्छा अर्गनाइजेसनका एक व्यापारीका अनुसार माओवादीले गोल्छा अर्गनाइजेसनसंग मात्र पचास लाखभन्दा बढी रकम विस्तारित बैठकको सहयोगको नाममा लगेका छन् । ती व्यापारीले आफ्नो नाम नछाप्न भन्दै भने, ‘उनीहरूलाई सहयोग नगरे भोलि उनीहरूनिकट मजदुर सङ्गठनले कम्पनीमै ताला लगाइदिन्छन्, नदिएर के गर्ने ?’ आफूहरूलाई माओवादीबाट थप तनाव भएको भन्दै उनले भने, ‘पहिले एउटा मात्र थियो, एउटालाई दिए पुग्थ्यो, अहिले दुईवटा भएका छन्, यी दुवैलाई कहांबाट ल्याएर दिने ?’
माओवादीले गोल्छाबाट मात्र नभएर चौधरी, खेतान, अग्रवाल, मारवाडी समाज, केडियालगायत सबै व्यापारीबाट पैसा असुलेका छन् । त्यस्तै निजी स्कुल, कलेज, यातायात, भन्सार, मालपोतलगायतका कार्यालयप्रमुखहरूसंग पनि आर्थिक सहयोगका नाममा राम्रो धनराशि लिएर गएका छन् । कुनै पार्टीको केही कार्यक्रम आयो कि हामीलाई तनाव हुन्छ, एक विद्यालयका प्रिन्सिपलले भने, ‘आर्थिक सहयोग नदिऔं नहुने दिऊं नसिकने, हामी निकै तनावमा छौं ।’ उनले थपे, ‘अनि उनीहरूलाई दिनकै लागि हामीले विद्यार्थीबाट शुल्क नउठाएर के गर्ने, कि त स्कुल नै बेचेर उनीहरूलाई सहयोग गर्नुप¥यो ।’ स्रोतका अनुसार माओवादीले साढे दुई करोड रकम उठाइसके पनि विस्तारित भेलाका लागि एक करोड खर्च हुने प्रारम्भिक अनुमान गरेको छ । त्यो पनि खाना र अन्य खर्चमा गरेर ।
माओवादीको विस्तारिक बैठक राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ । सचिव पोष्टबहादुर बोगटीले सञ्चालन गरेको बैठकले आगामी राजनीतिक कार्यदिशा तय गर्नुका साथै पार्टी सुदृढीकरणका योजना र महाधिवेशनको मिति तय गर्ने बताइएको छ । यसअघि सोमबारबाट सुरु हुने भनिएको बैठक कृष्णभीरमा भएको दुर्घटनामा कार्यकर्ताको निधन भएपछि एक दिनलाई स्थगित गरिएको थियो । पांच दिनसम्म चल्ने भेलाका लागि पांच हजारभन्दा बढीको सहभागिता रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

गएराति आएको हुरीबतासले धनमालको क्षति भएको छ । प्रारम्भिक सूचनानुसार जिल्लामा ५० घरको छाना उडाएको जानकारी रेडक्रसले जनाएको छ ।

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ९०० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । फेला परेकोमा काठमाडौँ उपत्यकामा

खोटाङ । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीका ३७ वर्षीय विज्ञान कोइरालालाई बेपत्ता भएको १९ वर्षपछि घर फर्काइएको छ । नेपालगञ्जमा भेटिनुभएका विज्ञानलाई

काठमाडौँ । कर्णाली प्रदेश सरकारमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा मतदान गर्ने नेकपा एमाले (नेपाल-खनाल पक्ष) का चार जना सांसदहरूलाई कारबाही