खेल्ने होइन होली? जाउँ है साथी ‘माँ’ले आयोजना गर्ने बुयना पार्कको फागु महोत्सवमा

८ फाल्गुन २०७४, मंगलवार ०१:५७ मा प्रकाशित

लसएन्जलस । बसन्त पूर्णिमाको अवसरमा मधेशी एसोसियसन इन अमेरिका, (माँ)ले लसएन्जलसको बुयना पार्कमा आगामी मार्च चार तारिखका दिन रंगहरुको पर्व ‘होली’ अर्थात् फागु महोत्सव आयोजना गर्ने भएको छ ।

जिन्दगीको सात रंग इन्द्र धनुषको बिम्ब सप्तरंगी उत्सव होली आयोजना गर्न लागिएको आयोजक संस्था माँका अध्यक्ष दिनेश शाहले जानकारी दिएका छन् ।

माँका अध्यक्ष दिनेश शाहले पारिवारिक जमघट सहित रंगहरुको पर्व ‘होली’ फागु महोत्सव आयोजना गरिएको हुँदा सवैलाई सहभागिताको लागि आग्रह गरेका छन् ।

संस्कृतिको संरक्षण, मनोरंजन र पारिवारिक भेटघाटको लागि आयोजना गरिएको होलीमा निशुल्क खान पान र मनोरंजनको ब्यबस्था गरिएको अध्यक्ष शाहले जानकारी दिएका छन् ।

दोस्रो पुस्ताको नेपाली अमेरिकनले विस्तारै सनातन हिन्दु संस्कृति भुल्दै गएको अवस्थामा नयाँ पुस्तालाई सनातन हिन्दु संस्कृतिसंग जोड्ने र समुदायमा सदभाव र एकता कायम गर्दै रंगहरुको पर्व होलीका अवसरमा जिन्दगीको पलहरुलाई रंगिन बनाउन बसन्त पूर्णिमाको अवसरमा ‘होली’ फागु महोत्सव आयोजना गर्न लागिएको शाहको भनाइ छ ।

खेल्ने होइन रंगहरुको पर्व होली? जाउँ है साथी सपरिवार, ‘माँ’ले मार्च चार तारिख आयोजना गर्ने बुयना पार्कको फागु महोत्सवमा ।

आयोजक:
दिनेश शाह, अध्यक्ष, माँ
मिति: ४ मार्च, २०१८
समय: बिहान ११: ३० देखी साँझ ५:०० बजे सम्म

स्थान : Ralph B. Clark Regional Park
8800 Rosecrans Ave, Buena Park, CA 90621

प्रतिक्रिया
सम्बन्धित खवर

बाबा राजेश्वरी थापा, अस्ट्रिया:  बेलायतमा बिहीवार ६ मे २०२१ मा  सम्पन्न स्थानीय निर्वाचनमा हन्सलोस्थित काउन्सिलमा बिष्णु बहादुर गुरुङ्ग मेयर, र

अमेरिकी राष्ट्रपति जो बाइडेनको नयाँ प्रशासनले वार्षिक रूपमा अमेरिका प्रवेश गर्न दिने आप्रवासीको सङ्ख्यालाई १५ हजारबाट बढाएर ६२ हजार पाँच

माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्स र उनकी पत्नी मेलिन्डा गेट्स सम्बन्ध विच्छेद गर्ने भएका छन् । उनीहरुले सामाजिक सञ्जालमार्फत २७

काठमाडौं । कोभिड १९ महामारी विरुद्ध लड्न अमेरिकाले नेपाललाई ८५ लाख अमेरिकी डलर अनुदान उपलब्ध गराउने भएको छ । नेपालका