क्यालगरीले साहित्य गोष्ठी गरी भानु जयन्ती मनायो

२ श्रावण २०६९, मंगलवार १९:५१ मा प्रकाशित

गोविन्द सिंह रावत, क्यालगरी । सबै नेपाली जातिलाई समेट्ने भाषिक एकताको सन्दर्भसुत्रको रुपमा भानु जयन्ती मनाउने क्रममा नेपालमा मात्र होइन गत हप्ता प्रवासमा रहेका नेपालीहरू बीचमा समेत लहर चलेको हो । यसै क्रममा गत जुलाई १४ का दिन क्यानाडाको क्यालगरीमा एन आर एन क्यानाडाको भाषा साहित्य बिभागको आयोजना र नेपाली कम्यूनिटी सोसाइटी अफ् क्यालगरी(NCSC) तथा क्याल्गरी नेप्लिज् कम्यूनिटी एसोसिएसन(CNCA) को संयुक्त सहकार्यमा १९९औं भानु जयन्ती एक भव्य साहित्य गोष्ठी गरी मनाइयो ।

एन आर एन क्यानाडाका सभापती डा. बिनोद के. सी. प्रमुख अतिथि रहेको सो कार्यक्रमको अध्यक्षता NCSC साहित्य समितिका संयोजक तथा क्याल्गरीका अग्रणी साहित्यकार राजेन्द्र प्रसाद प्रसाईले गर्नु भएको थियो । आदि कवि भानुभक्त आचार्यकोतश्वीरमा फूलमाला अर्पण र एन आर एन क्यानाडाका उपसभापति डा. बेतमानसिं भन्डारीको स्वागत भाषणबाट शुरु भएको सो साहित्यिक कार्यक्रमको संचालन साहित्यकार ऋषी बस्ताकोटीले गर्नुभएको थियो ।

“जहाँ जाऊँ जहाँ रहौं, मन त नेपाली” बिषय/शीर्षकको लागि आयोजना गरिएको कविता प्रतियोगितामा प्रथम, दोश्रो र तेश्रो बिजेता क्रमश:मुरारी अधिकारी, डा. तीर्थराज बजगाई र सीलु घिमिरेभएका थिए। सो गोष्ठीमा प्रतियोगी कविता प्रस्तुत गर्ने /पठाउने अन्य साहित्यकारहरूमा भरतमान श्रेष्ठ,बिद्या बज्राचार्य, सुष्मा खनाल, अस्मिता अधिकारी, चन्द्रा मैनाली हुनु हुन्थ्यो भने अप्रतियोगी कबिता प्रस्तुत गर्ने/पठाउने साहित्यकारहरूमा डा. गोबिन्दसिं रावत, मानकाजी श्रेष्ठ, राजेन्द्र प्रसाद प्रसाई, ऋषी बस्ताकोटी, अरुणश्रेष्ठ, झलेन्द्र श्रेष्ठ, गोविन्द उपाध्याय, देवराज गौतम, युक्त खान ठकुरी, प्रदीप न्यौपाने आदि हुनु हुन्थ्यो ।

बिभू ओझाको सुरिलो स्वरमा भानु भक्तीय रामायणकोपाठ गरिएको उक्त कार्यक्रममा सुरेश थापाको गीती एल्बम “तपोबन”को बिमोचन प्रमुखअतिथि र समारोहका अध्यक्षबाट संयुक्त रुपमा गरिएको थियो भने, बर्तमान क्यानाडाकालागि नेपाली राजदूत डा. भोजराज घिमिरेबाट सो भानु जयन्ती तथा साहित्य गोष्ठिका सफलताका लागिप्राप्त शुभकामना पत्र पढेर सुनाइएको थियो । यसै गरी भू. पू. नेपाली राजदूत तथा प्राध्यापक हर्ष नारायण धौभडेलले नेपाली कविहरूको योगदनको बारेमा चर्चा गर्नु भएको सो गोष्ठीमाभानुभक्तको जीबनी र योगदान माथी बिभिन्न व्यक्तीत्वहरूबाट चर्चा गर्दै प्रतियोगी कविताका बिजेताहरूलाई नगद पुरस्कार र सहभागिताका लागि प्रमाण पत्र बितरण गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । बेलायतमा लामो समयदेखि बस्दै आउनुभएकी कवयित्री प्रतिभा केसी यस वर्ष अनेसास सुप्रमा इप्रमा पुरस्कारबाट सम्मानित हुनुभएको छ ।

लन्डन । नेपाल पत्रकार महासङ्घ (एफएनजे) युके शाखाले एक समारोहबीच पत्रकार श्रीभक्त खनाललाई यस वर्षको ‘एफएनजे युके वर्ष पत्रकारिता पुरस्कार’

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय तरुण विभागको डेनमार्क शाखा प्रमुखमा काभ्रेका प्रदिप तिवारी मनोनयन हुनु भएको छ । आठ वर्षदेखि

अमेरिकाको टेक्सास राज्यस्थित युलेस सिटी काउन्सिल मेम्बरमा नेपाली मूलका टीका पौडेल विजयी हुनुभएको छ । स्थानीय समयानुसार शनिबार राति सम्पन्न