मन्त्री नबनाएको भन्दै एमाले सांसद शाहीद्वारा राजिनामा

८ फाल्गुन २०७४, मंगलवार ०१:१९ मा प्रकाशित

सुर्खेत ७ फागुन । मन्त्री नबनाएको भन्दै एमाले सांसद चन्द्रबहादुर शाहीले आफ्नो पदबाट राजिनामा दिनुभएको छ । मुगु प्रदेश (ख) बाट प्रत्यक्ष निर्वाचित हुनुभएका सांसद शाहीले प्रदेश नं. ६ को मन्त्रिमण्डल विस्तारप्रति असन्तुष्टि जनाउँदै आइतबार राजिनामा दिनुभएको हो ।

एमाले प्रदेश नं. ६ का संसदीयदलका नेता यामलाल कँडेलले पार्टीका तर्फबाट प्रदेश सरकारमा सहभागी हुने मन्त्री पठाउँदा आफूलाई अन्याय गरेकाले राजिनामा दिएको सांसद शाहीले बताउनुभयो ।

आइतबार विस्तार भएको मन्त्रिमण्डलमा आफू निकट तथा पार्टीमा योगदान नगरेकालाई मन्त्री बनाएर चरम गुटगत राजनीति गरेकाले त्यसविरुद्ध आफ्नो राजिनामा आएको सांसद शाहीको भनाइ छ ।

संसदबाट मात्र नभएर पार्टीबाट पनि राजीनामा दिने सांसद शाहीले बताउनुभयो । प्रदेश नं. ६ को प्रदेश सांसद भएकाले सांसदको राजिनामा प्रदेशमा नै दिएको हुँ, एमालेका केन्द्रीय सल्लाहकार परिषद सदस्यसमेत भएकाले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई आजै राजिनामा बुझाउन काठमाडौँ पुगेको छु” सांसद शाहीले भन्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् गठन गरेका छन् । उनले यसअघि आफ्नो क्याबिनेटमा रहेका सबै मन्त्रीहरुलाई दोहोर्‍याएका छन्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तेस्रो पटक प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई नेपालको

काठमाडौँ । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले राजीनामाको कुरा तत्काललाई टरेको बताएका छन्। प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा