राष्ट्रपति भण्डारी निर्वाचन दिवस समारोहमा सरिक

७ फाल्गुन २०७४, सोमबार १६:३७ मा प्रकाशित

काठमाडौँ, ७ फागुन – राष्ट्रपति विद्यादेवी भण्डारी दोस्रो निर्वाचन दिवसको उपलक्ष्यमा आज आयोजित समारोहमा सरिक हुनुभयो । कान्तिपथस्थित निर्वाचन आयोग परिसरमा आयोजित उक्त समारोहमा राष्ट्रपति भण्डारीले आयोगमा दीर्घसेवा गर्ने कर्मचारीलाई दीर्घसेवा पदक तथा प्रमाणपत्र प्रदान गर्नुभयो । दीर्घसेवा प्राप्त गर्नेमा हलुका सवारी चालक अनिल थापा र कम्प्यूटर अपरेटर लक्ष्मी अर्याल अधिकारी हुनुहुन्छ । निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न दिएको जिम्मेवारी उत्कृष्ट ढंगबाट कार्यसम्पादन गरेबापत समारोहमा उपसचिव देशबन्धु अधिकारीलाई तीन ग्रेड प्रदान गर्ने घोषणा गरियो ।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीगण, संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका उच्च पदस्थ अधिकृत, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि, पूर्व प्रमुख निर्वाचन आयुक्त एवं आयुक्त सहभागी हुनुहुन्थ्यो ।
आवधिक निर्वाचन लोकतन्त्रको आधार नारा रहेको दोस्रो निर्वाचन दिवसलाई प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवलगायतले सम्बोधन गर्नुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्

काठमाडौं । प्रतिसिलिन्डर ४ सय रुपैयाँमा किनेको अक्सिजनलाई कतिसम्ममा बेच्न पाइन्छ ? कालोबजारीसम्बन्धी ऐनले २० प्रतिशतसम्म नाफा लिन छुट दिन्छ।

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ८ हजार ५ सय २० जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २ सय