राष्ट्रपतिद्वारा संघीय संसदको पहिलो अधिवेशन फागुन २१ गतेका लागि आह्वान

७ फाल्गुन २०७४, सोमबार १०:१९ मा प्रकाशित

काठमाडौं, ७ फागुन । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २१ गते संघीय संसद अधिवेशन आह्वान गर्नु भएको छ । प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको करिब तीन महिनापछि राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको पहिलो अधिवेशन आह्वान गर्नु भएको हो । सरकारको सिफारिसमा सोमबार राष्ट्रपति कार्यालयले अधिवेशन आह्वान गरेको विज्ञप्ति जारी गरेको छ ।

यस अघि निर्वाचन आयोगले नयाँ राष्ट्रपति चुन्न फागुन २५ गते निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ । राष्ट्रपति चयनको मितिलाई ध्यान दिएर चार दिनअघि नै संसद अधिवेशन आह्वान गरिएको हो । संघीय संसदको बैठक संबिधान सभा भवन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बानेस्वरमा बस्ने तयारी गरिएको छ ।

संबिधान अनुसार प्रतिनिधिसभा र राष्ट्रियसभालाई संघीय संसद भनिएको छ । सरकारको सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन आहृवान गर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

नयाँ दिल्ली । कोरोनाभाइरसको दोस्रो लहरको सामना गरिरहेको भारतमा केही दिनदेखि संक्रमितको दैनिक मृत्यु संख्यामा कमी आएको छैन । भारतको

बागलुङको बडिगाड गाउँपालिका–४ मा एकैघरका तीन जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । उनीहरूको एक हप्ताभित्रै मृत्यु भएको हो ।

लण्डन । गैरआवसीय नेपाली युकेले नेपालमा बढ्दै गइरहेको कोरोनाको नियन्त्रण र रोकथामका लागि बेलायतबाट सक्दो सहयोग गर्न यहाँका नेपालीहरूलाई एकजुट

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तेस्रो पटक प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई नेपालको