मिस ईकलेज २०१८ को ताज काजलको शिरमा

७ फाल्गुन २०७४, सोमबार ०१:३१ मा प्रकाशित

काठमाडौं । मिस इकलेज २०१८ को उपाधि काजल तामाङले जितेकीछन् । सिजन मिडियाले शनिबार राजधानीको अक्षरा स्कुल काँडाघारीमा आयोजना गरेको ‘मिस ईकलेज २०१८’ मा व्रिटीस कलेजमा अध्यायनरत २० वर्षीय तामाङले उपाधि चुम्न सफल भइन । उनलाई मिस इकलेज २०१५ की विजेता नितिका कर्मचायले ताज पहिराइ दिएकी थिइन ।

विधागत तर्फको ‘मिस पर्सनालीटीको टाइटल अवार्ड पनि तामाङले आफ्नो पोल्टामा पारिन् । उनले उपहार स्वरुप १ लाख ८० हजार पर्ने स्कुटर त्यस्तै ५ दिनको वैङकक भ्रमण, लेटमिइनको तर्फवाट २० हजारको गिफ्ट भौचर,नेपाल एयरहोस्टेस एकाडमीको तर्फवाट ३५ हजारको छात्रावृति प्राप्त गरीन ।

फष्ट रनरअप बनेकी सोफीया श्रेष्ठले विधागत तर्फ अर्गनाइजर च्वाइस अवार्ड र वेस्ट क्रियटीभिटी अवार्ड हात पारीन भने आस्मी गौतम सेकेण्ड रनरअप भइन। फस्ट रनरअप र सेकेन्ड रनरअपले डोगी स्माट फोन र ५ दिने थाइल्याण्ड भ्रमणको अवसर प्राप्त गरेका छन् । अपेक्षा ढुङगानाले थर्ड रनरअप साथै मिस क्याटवाकको उपाधी हात पारिन भने अलिसा श्रेष्ठ फोर्थ रनरअप भए संगै मस्ट ट्यालेन्ट र भिर्योस अवार्ड पनि हात पारिन ।

विधागततर्फ सकिना खड्का मिस पपुलर, रविना लामिछाने मिस फेन्डसिप, सविता लामा मिस फोटोजेनिक, उर्मीला गोले मिस हेल्दी स्माइल, मनिसा वराइली मिस डिसिप्लिन, कसक प्रधान बेष्ट हेयर घोषित भए । त्यस्तै पासाङ लामु सेर्पा मिस फिटनेश, सोनिया श्रेष्ठ वेष्ट फिगर, करुना गुरुङ वेष्ट स्कीन, रोजीना केसी मिस स्टाइलीस, आसा लिम्वु फेशवुक लाइक अवार्ड, पेमा लामा युट्युव मल्टी मिडिया अवार्ड आफ्नो पोल्टामा पार्न सफल भए ।

प्रतियोगिताको निर्णायकमा नोवल कलेजका संस्थापक निर्देशक उत्तम भौकाजी ,अक्षरा स्कुलकी संस्थापक प्रिन्सीपल अन्जु भट्टराई, नेपाल एयरलाइन्सका वोर्ड डाइरेक्टर अच्युतराज पहाडी, काठमाडौं होम्सका प्रवन्ध निर्देशक सुजन लामिछाने, पत्रकार निमा काफ्ले, सिम्रिक एयरका चिफ एयर होस्टेस अस्मीता खनाल र वरिष्ठ सौन्दर्यकर्मी सिता न्यापाने पाठक रहेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । गायक किरण भुजेल र प्राश्ना शाक्यको युगल गायनमा समावेश ‘चोली तिम्रो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

काठमाडौं । कोरोनाको कारण अभिनेत्री श्वेता भट्टराईका श्रीमान् मिलन सापकोटाको निधन भएको छ । सापकोटाको उपचारका क्रममा मंगलबार निधन भएको

काठमाडौं । गीतकार निशा शर्मा अर्यालको यस्तो माया बोलको गीतले छोटो समयमै सफलता पाउन सफल भएको छ। गीत सार्वजनिक भएको

काठमाडौं । गीतकार निशा शर्मा अर्यालको ‘यस्तो माया’ बोलको गीतले छोटो समयमै सफलता पाउन सफल भएको छ। गीत सार्वजनिक भएको