बेल्जियममा नेपाल महोत्सव २०१२ सम्पन्न

२ श्रावण २०६९, मंगलवार १९:४९ मा प्रकाशित

शालिक गौतम, बेल्जियम । बेल्जियममा नेपालको बहुआयमिक पक्षहरुको प्रवद्र्धन गर्ने उद्धेश्यले पाँचौ नेपाली महोत्सव सम्पन्न भएको छ। बुद्धको जन्मस्थल लुम्बिनीमो प्रचार प्रसार गर्ने, पर्यटन प्रवद्र्धन, हस्तकला तथा नेपाली उत्पादनहरु युरोपियन बजारमा प्रर्दशनी गर्ने, नेपालका महत्वपुर्ण पर्यटकिय गन्तव्यहरुको बारेमा जानकारी दिने, नेपाली भाषिक, साँस्कृतिक विविधताको बारेमा समेत प्रचार प्रसार गर्ने उद्धेश्यले महोत्सव आयोजनामा गरिएको हो।

प्रमुख अतिथी बेलिज्यमको राजनैतिक पार्टि सिडिएन भी की नैमा लन्जरीले नेपालको १० लाख पर्यटक भित्राउने योजनमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन। उनले एन्र्टवपेनमा नेपाली समुदाय पनि केही हिस्सा भै सकेको बताइन। कार्यक्रममा नेपाली दुतावास बेल्जियमका राजदुत राम मणि पोखरेलले, एनआरएन आइसीसी संरक्षक राम प्रताप थापाले शुभकमना मन्तव्य राखेका थिए।

कार्यक्रममा उपस्थित प्रमुख अथिती लगायत उपस्थित युरोपियन नागरिकहरुले प्रदर्शनीमा राखेका नेपाली खाना, संस्कृति, सुचनाहरुको बारेमा अवलोकन गरेका थिए। कार्यक्रममा नेपालका विभिन्न जातजातीका भेषभुषा तथा कला संस्कृतिको प्रर्दशन एवं झाँकिहरु देखाइएको थियो। साँस्कृतिक कार्यक्रमको संयोजन युरो नेपालक कलाकार संघ बेल्जियम लगायत विभिन्न जातिय संगठनहरु शेर्पा समाज, पासा पुच, तामाङ समाज, संयुक्त किरात समाजले गरेका थिए। बुद्ध नेपालमा जन्मिएका हुन भन्ने नारा सहित विभिन्न जातजातिका कलासंस्कृति तथा भेषभुषा, नेपालका प्रमुख पर्यटकिय गन्तव्यहरुले भरिएको बग्गिले एन्र्टवपेन शहरका प्रमुख स्थानमा परिक्रमा गर्दा हजारौ युरोपियन नागरिकहरुले यसको अवलोकन गरेका थिए।

नेपाली दुतावास बेल्जियम, एनआरएन बेल्जिम र बेल्जियममा रहेका नेपाली संघसंस्थाहरुको आर्थिक सहयोग तथा संयुक्त आयोजनामा नेपाली महोत्सव २०१२ सम्पन्न भएको हो। बेल्जियमका नेपाली संघसंस्था तथा व्यक्तिहरुले कार्यक्रम सफल बनाउनको लागि आर्थिक सहयोग गरेका थिए। केही संस्थाहरु तथा व्यक्तिहरुबाट सहयोग आउने क्रम अझै जारी भएकोले महोत्सवको आय व्यय अझै अन्तिम नभएको आर्थिक समितिका संयोजक तथा एनआरएनए आइसीसी सदस्य अर्जुन कुमार श्रेष्ठले बताए।

कार्यक्रममा नेपाल परराष्ट्र सचिव दुर्गा प्रसाद भट्टराई, सहसचिव अर्जुन बहादुर थापा, बेल्जियमका लागि नेपालका कन्सुलर जोन केरी, रोजर दि ग्रुन, नेपाली दुतावास बेल्जियमका अधिकारीहरु, एनआरएन आइसीसीहरु, पर्यटन बोर्डका मारियाट बेलगर लगयत उल्लेखनिय रुपमा युरोपियन तथा बेल्जियममा रहेको नेपाली संघसंस्थाहरु तथा गैर आवासीय नेपालीहरुको उपस्थिती रहेको थियो। कार्यक्रममा नेपाल तथा बेल्जियमा रहेका नेपाली समुदायलाई सहयोग गर्दै आएका बेल्जियमका नागरिकहरुलाई मायाको चिनो प्रदान गरिएको थियो।

गैर आवासीय नेपाली संघ बेल्जियमको अध्यक्ष जानकी गुरुङले सवै अतिथीहरुलाई स्वागत मन्तव्य र नेपाल महोत्सव २०१२ का व्यवस्थापक समितिका संयोजक हरि कुमार शर्मा थपालियले कार्यक्रम सफल बनाउन योगदान पुर्याएका प्रमुख अथिती, अतिथीहरु, आयोजक संगठनहरु र बेल्जियमका नागरिकहरुलाई धन्यबाद ज्ञापन गरेका थिए। अनिता लामा, लिला शर्मा मानन्धर र बालेन्द्र गुरुङले अतिथहिरुलाइए व्याज तथा खादा लगाई सम्मान गरेका थिए। नेपाल तथा बेल्जियमको राष्ट्रिय गान बजाई सुरु भएको कार्यक्रमको संचालन एनआरएन बेल्जियमकी सचिव अजुजा प्रधान र छेटन गुरुङले गरेका थिए।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । बेलायतमा लामो समयदेखि बस्दै आउनुभएकी कवयित्री प्रतिभा केसी यस वर्ष अनेसास सुप्रमा इप्रमा पुरस्कारबाट सम्मानित हुनुभएको छ ।

लन्डन । नेपाल पत्रकार महासङ्घ (एफएनजे) युके शाखाले एक समारोहबीच पत्रकार श्रीभक्त खनाललाई यस वर्षको ‘एफएनजे युके वर्ष पत्रकारिता पुरस्कार’

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय तरुण विभागको डेनमार्क शाखा प्रमुखमा काभ्रेका प्रदिप तिवारी मनोनयन हुनु भएको छ । आठ वर्षदेखि

अमेरिकाको टेक्सास राज्यस्थित युलेस सिटी काउन्सिल मेम्बरमा नेपाली मूलका टीका पौडेल विजयी हुनुभएको छ । स्थानीय समयानुसार शनिबार राति सम्पन्न