अन्तर्राष्ट्रिय कृषि मेलामा रु १० करोड कारोवार

७ फाल्गुन २०७४, सोमबार ०१:२५ मा प्रकाशित

काठमाडौँ, ६ फागुन । झण्डै ४३ हजार व्यक्तिले अवलोकन गर्दै दोस्रो अन्तर्राष्ट्रिय कृषि मेला राज्धानीको भृकुटीमण्डपमा आज सम्पन्न भएको छ ।

नेपाल, भारत, बंगलादेश, मलेसिया, चीन, इजराइल, इटली, जर्मनी, बेल्जियम, नेदरल्याण्डसलगायत मुलुकका विभिन्न व्यवसायीले सञ्चालन गरेको प्रदर्शनीकक्ष प्रदर्शनीमा राखिएको थियो । कृषिको आधुनिकीकरण, व्यावसायीकरण र यान्त्रिकीकरणलाई जोड दिने उद्देश्यले बिहीबारदेखि शुरु भएको सो मेलामा रु १० करोडभन्दा बढी रकमको कारोवार भएको थियो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, मिडिया स्पेश सोलुसन्स प्रालि, अन्तर्राष्ट्रिय ट्र्याक्टर लिमिटेड (सोनालिका), महेन्द्रा कम्पनी, पोषकदाना, नेपाल पोल्ट्री महासंघ, कृषि उद्यम केन्द्र–नेपाल, नेपाल उद्योग वाणिज्य महासंघ तथा नेपाल कृषि सहकारी केन्द्रीय महासंघको संयुक्त आयोजनामा भएको प्रदर्शनीमा साना औजार, यन्त्रदेखि कृषि, दुग्ध उद्योग तथा पशुपक्षीपालन उद्योगमा प्रयोग हुने ठूला उपकरणको बिक्रीवितरण भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका सोमबारदेखि पुनःसञ्चालन हुने भएको छ । चीनमा वसन्त उत्सव समाप्त भएसँगै ल्होसारदेखि बन्द रहेको केरुङ नाका

सरकारको स्वामित्वमा सञ्चालित हेटौडा दुग्ध वितरण आयोजनाद्वारा उत्पादित घ्यू जापानमा निर्यात हुन थालेपछि माग समेत बढेको छ । आयोजनाका प्रमुख

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बोलकबोल गर्ने भएको छ । केन्द्रीय बैंकका अनुसार

काठमाडौं । आफूलाई घरखर्च चलाउन वा कुनै व्यावसायिक काम गर्नका लागि तपाईंले बैंक तथा वित्तीय संस्थामा धाएर नै जानुपर्ने बाध्यताको