प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच वान टु वान वार्ता

७ फाल्गुन २०७४, सोमबार ०१:२४ मा प्रकाशित

भक्तपुर, ६ फागुन । प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको वान टु वान वार्ता सम्पन्न भएको छ ।

मध्यपुरथिमिस्थित माओवादी नेता तथा व्यापारी दुर्गा प्रसार्इंको घरमा चारघण्टा लामो भएको डिनरसहितको भेटवार्तामा दुई पार्टी एकता र कार्यदिशा तथा माओवादी केन्द्रको सरकारमा सहभागिताका बारेमा छलफल भएको बताइएको छ ।

भेटकाबारेमा जानकारी दिँदै प्रधानमन्त्री ओलीका प्रेस सचिवालय संयोजक चेतन अधिकारीले पार्टी एकताका विषयमा कुराकानी भएको बताउँदै कुराकानी सकारात्मकरुपमा अगाडि बढेको जानकारी दिनुभयो । एकताकाबारेमा छलफल सकारात्मकरुपमा अगाडि बढेको बताउँदै उहाँले अब हुने छलफलले सहमति जुटाएर पार्टी एकता संयोजन समितिको बैठक बस्ने तयारी भएको उहाँले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओली निवास बालकोटमा शनिबार भएको उहाँहरुको वार्तामा भने आज पुनः वान टु वान छलफल गरी सहमति गरेर आजै पार्टी एकता संयोजन समितिको बैठक बस्ने निर्णय भएपनि समितिको बैठक भने आज बस्न सकेन ।

सोमबार प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच पुनः वान टु वान निर्णायक छलफल गरी समितिको बैठक बस्ने तयारी भएको बताइएको छ । पार्टी एकताका अधिकांश विषयमा सहमति भइसकेको र बाँकी केही विषयलाई निर्णयमा पु¥याएर प्याकेजमै सहमति गर्ने तयारी भएको बताइएको छ ।

आजको बैठकमा प्रधानमन्त्री ओलीले माओवादी केन्द्रलाई सरकारमा सहभागी हुनेको नाम पठाउन प्रचण्डसँग आग्रह गरेको तर प्रचण्डले भने एकीकृत पार्टीका कार्यदिशाका बारेमा सहमति गरौँ भन्नुभएको वार्तास्थल स्रोतले जानकारी दिएको छ । पार्टी एकताको सैद्धान्तिक विषयमा केही कुरा मिल्न बाँकी भएको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले आइतबार बस्नेगरी बैठक बोलाएका हुन् ।

काठमाडौं । नेकपा एमालेको वरिष्ठ नेता माधव कुमार नेपालले ओलीसँग कुनै सहमति नभएको जानकारी दिएका छन् । उनले सामाजिक सञ्जाल

गैरआवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् अमेरिकासहित विभिन्न सङ्घसंस्था तथा प्रतिष्ठित व्यक्तिले अमेरिकी सरकारका अङ्गहरुमार्फत कोभिड–१९ को कहरले प्रभावित नेपाललाई

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच गएराति करिब तीन घन्टा भेटवार्ता भएको छ । कांग्रेस