एक साताभित्र पार्टी एकीकरण : नेता नेपाल

७ फाल्गुन २०७४, सोमबार ०१:२२ मा प्रकाशित

गौर, रौतहट, ६ फागुन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एक साताभित्रमा नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)बीच पार्टी एकीकरण हुने बताउनुभएको छ ।

रौतहटको गौरमा आज प्रतिनिधिसभा र प्रदेशसभा सदस्यलाई सम्मान तथा पार्टी प्रवेश कार्यक्रममा पूर्व प्रधानमन्त्री नेपालले तराईको विकासको लागि पहिलो प्राथमिकतामा रहेको हुलाकी राजमार्ग, काठमाडौँ तराई जोड्ने फाष्टट्रयाक, अन्तर्राष्ट्रिय विमानस्थल तथा गौतम बृद्धको जन्मभूमि लुम्बिनीमा विमानस्थलको निर्माण कार्य तीव्र गतिमा निर्माण गरिने बताउनुभयो ।

उहाँले प्रतिनिधिसभा एवं प्रदेशसभा सदस्यलाई अबिर, फुलमालासहित सम्मान गर्नुभएको थियो । विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका व्यक्तिलाई नेता नेपालले अबिर लगाएर पार्टी प्रवेश गराउनुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् गठन गरेका छन् । उनले यसअघि आफ्नो क्याबिनेटमा रहेका सबै मन्त्रीहरुलाई दोहोर्‍याएका छन्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तेस्रो पटक प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई नेपालको

काठमाडौँ । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले राजीनामाको कुरा तत्काललाई टरेको बताएका छन्। प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बिहीबार वार्ता भएको छ ।