सरकारको अपेक्षा मर्यादित न्यायपालिका – प्रम ओली

६ फाल्गुन २०७४, आईतवार ०८:२७ मा प्रकाशित

काठमाडौँ ६ फागुन – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले मर्यादित न्यायपालिकाको अपेक्षा राखेको बताउनु भएकाे छ। नेकपा एमालेको कानून विभागले शनिबार आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएकाे हाे ।  प्रधानमन्त्री ओलीले न्यायपालिकाका विषयमा सडकबाटै यति धेरै विरोध हुने कुरालाई सामान्य रुपमा लिनु नहुने बताउनुभयाे।  “न्याय दिने मान्छेले आफ्नो अगाडि के छ भनेर थाहा नपाओस् भनेर नै आँखामा पट्टी बाँधेर तराजु समाएको संकेत प्रयोग गरिएको हो”, प्रधानमन्त्री ओलीले भन्नुभयाे, “तर आँखामा पट्टी हैन पावर थपेर हेर्ने अवस्था बन्दा न्याय धुमिल हुन्छ।”

प्रधानमन्त्री ओलीले देश राजनीतिक संघर्षबाट विकास र समृद्धितर्फ अगाडि बढेको बताउनुभयाे। प्रधानमन्त्री ओलीले देशले सुदृढ र स्थायित्वसहितको सरकार पाएकाले अब लोकतान्त्रिक र शान्तिपूर्ण ढंगले अगाडि बढ्न सकिने बताउनुभयाे।  केही आग्रही वुद्धिजीवीहरुले संलग्नतालाई महत्व दिएर सत्यलाई ओझेल पारेको पनि प्रधानमन्त्री ओलीले बताउनुभएकाे छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ। पछिल्लो २४ घण्टामा ९,१९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७

काठमाडौँ । कोरोना संक्रमण परीक्षणका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ । आज बालुवाटारमा प्रधानमन्त्री, उनका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले आइतबार बस्नेगरी बैठक बोलाएका हुन् ।

काठमाडौं । नेकपा एमालेको वरिष्ठ नेता माधव कुमार नेपालले ओलीसँग कुनै सहमति नभएको जानकारी दिएका छन् । उनले सामाजिक सञ्जाल