पाटनमा नयाँ कुमारीको प्रतिस्थापन

६ फाल्गुन २०७४, आईतवार ०८:१६ मा प्रकाशित

ललितपुर, ५ फागुन । पाटनमा नयाँ कुमारी निहिरा बज्राचार्यलाई प्रतिस्थापन पूजा गरिएको छ । प्रतिस्थापन पूजा गरेपछिमात्रै नयाँ कुमारीलाई देवी मानिने तलेजु मन्दिरका पुजारी रखन राजोपाध्यायले बताउनुभयो ।

पाँच वर्षीया कुमारी बज्राचार्य आजैदेखि कुमारी घरमा बस्न थाल्नुभएको छ । आसनमा रहेकी कुमारीको पहिलो महिनावारीपछि अर्की कुमारीको खोजी हुने गरेको छ । उहाँ भन्नुहुन्छ, “महिनावारी भएपछि बालिका आसनमा बस्न नहुने मान्यता छ ।”

पाटनमा बज्राचार्य परिवारबाट कुमारी छान्ने गरिन्छ । उहाँ भन्नुहुन्छ, “कुमारी बन्ने बालिका स्वस्थ र राम्री हुनुपर्छ ।” काठमाडौँ उपत्यकाका तीनै जिल्लामा फरक–फरक कुमारी छन् ।

पाटनमा तलेजु मन्दिरका मूल पुजारीले कुमारी छान्ने गरेका छन् । पहिले बज्राचार्य परिवारबाट सुन्दर र स्वस्थ बालिका जो इच्छुक छन् तिनको खोजी हुन्छ । पहिले मूल पुजारीले केही बालिका छानेपछि उनकी श्रीमतीले बालिकाको घाउ-चोट भए-नभएको हेर्ने चलन छ । उहाँ भन्नुहुन्छ, “कुमारी बन्ने बालिका तेजस्वीसमेत हुनुपर्छ ।”

कुमारी धार्मिक र सांस्कतिक रुपमा महत्वपूर्ण मानिनुहुन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कांग्रेस नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ । बिहीबार राति शरीरको देब्रपट्टि समस्या देखिएपछि वीर अस्पताल

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ फापरखेतमा बिहीबार राति भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार घाइते भएका

बुटवल । सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको आरोपमा रुपन्देहीको गैडहवामा कार्यरत सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित दुई जना

सिड्नी । अष्ट्रेलियाले पहिलो पटक गुगल र फेसबुकले समाचार सामाग्री राखेबापत सम्बन्धित समाचार संस्थालाई पैसा तिर्नु पर्ने कानुन पारित गरेको