वादी महिलाको जिवन कथामा आधारित सरस्वती प्रतिक्षाको उपन्यास ‘नथिया’ बजारमा

६ फाल्गुन २०७४, आईतवार ०८:०६ मा प्रकाशित

काठमाडौं । कविताको क्षेत्रमा कलम चलाउदै आएकी चिर परिचित साहित्यकार सरस्वती प्रतिक्षा ‘नथिया’ मार्फत उपन्यासकारको रुपमा पाठकहरु माझ उपस्थित भएकी छिन । वादी समुदायको महिलाका विषयमा केन्द्रित साहित्यकार सरस्वती प्रतिक्षाको ‘नथिया’ उपन्यासलाई उमा वादीले लोकार्पण गरेपछि नेपाली साहित्यका पारखिहरुमाझ प्रस्तुत गरिएको हो ।

वादी समुदायकी अभियन्ता एवं प्रदेशसभा सांसद उमाले नथिया वादी समुदायको लागि गीता जस्तै भएको बताइन् । ‘यो पुस्तकले वादी समुदायको मात्र नभएर यो समुदाय भित्र हुने महिलाको अवस्था पनि चित्रण गरेको छ,’ उनले भनिन्, ‘लेखिकाले वादी समुदायमा अनुसन्धान गरेर यो पुस्तक तयार गरेकी छन् । त्यसैले यसमा वादी महिलाहरुको वास्तविक जिवन देख्न सकिन्छ।’

कार्यक्रमका वक्ता एवम् लेखक नारायण वाग्लेले नथिया वादी समुदायको कथा भएपनि आम नेपालीको कथा र विश्व महिला आन्दोलनको नेपाली रूप भएको बताए । स्थानीय लवजले झन पुस्तकलाई बलियो बनाएको उनको टिप्पणी थियो । ‘यो पुस्तकले वादी समुदायलाई त जिवन्त बनाएको छ नै, विभिन्न इतिहासका संम्रचनाले पिलिएको अन्य समुदायलाई पनि कबोल दिएको छ र त्यो कबोल भनेको कथाहरु हुन्,’ उनले भने, ‘हामीसँग कथाहरु छन । लेखिकाले त्यही कथाहरु भन्ने जिम्मेवारी निभाएकी छन्।’

यसैगरी, अर्की वक्ता राष्ट्रिय सुचना आयोगकी आयुक्त यसोदा तिम्सिनाले उपन्यासले आफूँलाई निकै असर गरेको बताइन् । ‘पुस्तक पहिले ठिकठिकै होला भनेर सोचेकी थिए। तर पुस्तकले मलाई निकै हल्लायो,’ उनले भनिन्, ‘यो पुस्तक वादी महिलाहरुको आशुँ, उनीहरुको रगत, लेखिकाको कलम र आँशु मिसिएर बनेको छ।’ २०६४ सालमा सिहंदरबार गेटमा अर्धनग्न भएर वादी महिलाहरुले गरेको आन्दोलनले लेखिकालाई वादीहरुको बस्तीसम्म डो¥याएर उपन्यास ‘नथिया’ को रुप पाएको छ ।

सरस्वती प्रतिक्षाले वादी समुदायमा नथिया खोल्नु र लगाउँनुमा ठूलो मर्म लुकोको बताउँदै पुस्तकको नाम नथिया रहन गएको उल्लेख गरिन् । ‘यो पुस्तक मेरो स्थलगत अनुसन्धानमा आधारित छ,’ उनले भनिन्, ‘देहव्यापारसँग जोडिएको यो पुस्तकमा मैले कुनै एक महिलाको वास्तविक भोगाईलाई प्रस्तुत गरेकी छु ।’ फिल्म निर्देशक दिपेन्द्र के। खनालले उपन्यास ‘नथिया’ माथि फिल्म बनाउने पनि कार्यक्रममा घोषणा गरेका छन्। ‘यो पुस्तक पढ्दा म कति ठाउँमा निसासिए

। पुस्तक पढेपछि वादी समुदाय प्रति मेरो दृष्टिकोण नै परिवर्तन भएको छ,’ उनले भने । उपन्यास ‘नथिया’ लाई बुकहिल पब्लिकेसनले प्रकाशनमा ल्याएको हो।

प्रतिक्रिया
सम्बन्धित खवर

नेपालमा पहिलोपटक चिकित्सासम्बन्धी सम्पूर्ण शब्दको परिभाषा रहेको ‘चिकित्सा शब्दसागर’ विमोचन गरिएको छ । डा विपिन नेपाल, विनयकुमार शर्मा, प्रकाशमणि दाहाल

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद

वाग्मती प्रदेशको राजधानी हेटौँडाबाट साहित्य सङ्गम मकवानपुरले यस वर्ष प्रदान गर्ने साहित्य क्षेत्रमा क्रियाशील २० जनालाई विभिन्न सम्मान तथा पुरस्कारको

काठमाडौँ । साहित्यकार विन्दु अधिकारी ढकाल नवीनतम् कथासङ्ग्रह मावली दिदी लिएर आउनुभएको छ । ढकालको दोस्रो कृतिको रूपमा आएको पहिलो