प्याकेजमा सहमतीपछि मात्रै माअाेवादि सरकारमा जाने

५ फाल्गुन २०७४, शनिबार ०८:०१ मा प्रकाशित

काठमाडौं ५ फागुन।नेकपा एमाले र माअाेवादी केन्द्रविच पार्टी एकता अन्तिम चरणमा पुगेका वेला प्याकेजमा सहमती नभए माअाेवादी सरकारमा नजाने बताएकाे छ । एमाले अध्यक्ष केपी अाेलीले पुर्व सहमती अनुसार काम नगरकाे भन्दै अव प्याकेजमा सहमती नभएसम्म सरकारमा नजाने बताएकाे हाे । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी प्याकेजमा समझदारी बनाएर सरकारमा सहभागी हुने बताउनुभएकाे छ । एकीकृत अखिल नेपाल शिक्षक संगठनको पाँचौं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले सरकार गठन प्रक्रियामा नेकपा माओवादी केन्द्र सरकारमा नगएको विषयमा प्रश्न उठेको टिप्पणी गर्दै सरकार र पार्टी एकताको विषयमा प्याकेजमा सहमति गर्नेगरी छलफल शुरु भएको बताउनुभयाे । “सरकार गठनको प्रक्रियामा सहभागी नभएको प्रश्न पनि उठेको छ,” दाहालले भन्नुभयाे, “तर हामी पार्टी एकता, राष्ट्रपति, सभामुख, मन्त्रालयदेखि विभिन्न ठूला राजनीतिक नियुक्तिसम्म प्याकेजमै समझदारी गरेर सरकारमा सहभागी हुन्छौं । अहिले सकारात्मक छलफल शुरु भएको छ ।”पार्टी एकता प्रक्रिया सकारात्मक ढंगले अघि बढेको बताउँदै अध्यक्ष दाहालले अधिकांश विषयमा सहमति भएको र केही विषयमा छलफल गर्न बाँकी रहेको बताउनुभयाे। वाम गठबन्धनले ७० वर्षपछि राजनीतिक स्थायित्व, समृद्धि, सुधार र समाजवादको यात्रा तय गरेको बताउँदै अध्यक्ष दाहालले शिक्षा क्षेत्रमा कम्तीमा २० प्रतिशत बजेट विनियोजन गर्नुपर्नेमा जोड दिनुभयाे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ८१६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्

काठमाडौं । प्रतिसिलिन्डर ४ सय रुपैयाँमा किनेको अक्सिजनलाई कतिसम्ममा बेच्न पाइन्छ ? कालोबजारीसम्बन्धी ऐनले २० प्रतिशतसम्म नाफा लिन छुट दिन्छ।